snamai single page

रिलायबल लाइफको व्यापार २३% ले बढ्यो, जीवन बीमा कोष १९.४० अर्ब रुपैयाँमाथि

डिजिटल चौतारी डिजिटल चौतारी
|
शनिबार, कार्तिक २८, २०८३
|
|
१०.७K पटक हेरिएको
Shares
रिलायबल लाइफको व्यापार २३% ले बढ्यो, जीवन बीमा कोष १९.४० अर्ब रुपैयाँमाथि

सारांश

  • रिलायबल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
  • कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
  • गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २२ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसअनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ११.३९ प्रतिशतले घटेको हो।

कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ लाख १४ हजार रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्म महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ रहेको थियो। शेयर प्रिमियम भने १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ नै रहेको छ।

यसैगरी, कम्पनीको जीवन बीमा कोषको आकारमा उल्लेख्य वृद्धि भएको छ। असोज मसान्तसम्म जीवन बीमा कोषमा १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ सञ्चित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषमा १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको थियो। यसअनुसार जीवन बीमा कोष ३५.३१ प्रतिशतले बढेको हो।

बीमाशुल्क आर्जनतर्फ भने कम्पनीले सुधार गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिमा कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेको हो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ थियो। यसअनुसार खुद बीमाशुल्क आर्जनमा २३.८५ प्रतिशतको वृद्धि भएको छ।

नाफामा गिरावट आएसँगै कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म ईपीएस १७ रुपैयाँ ६३ पैसा कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस १९ रुपैयाँ ९० पैसा रहेको थियो।

कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) २६.०३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा कायम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
रिलायबल नेपाल लाइफको २ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
लोडसेडिङ अन्त्यपछि अब बेथिति र भ्रष्टाचारको अन्धकार हटाउने कुलमानको संकल्प
लोडसेडिङ अन्त्यपछि अब बेथिति र भ्रष्टाचारको अन्धकार हटाउने कुलमानको संकल्प
तिहारको फजुल खर्च घटाऔँ, भविष्यको सुरक्षाका लागि बीमा गरौँ
तिहारको फजुल खर्च घटाऔँ, भविष्यको सुरक्षाका लागि बीमा गरौँ
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा

तपाईंले छुटाउनुभयो कि?