snamai single page

तिहारको फजुल खर्च घटाऔँ, भविष्यको सुरक्षाका लागि बीमा गरौँ

डिजिटल चौतारी डिजिटल चौतारी
|
मंगलबार, कार्तिक २४, २०८३
|
|
६.९K पटक हेरिएको
Shares
तिहारको फजुल खर्च घटाऔँ, भविष्यको सुरक्षाका लागि बीमा गरौँ

सारांश

  • नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार खुसी, उमङ्ग, आपसी सद्भाव र सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो।
  • देउसी–भैलो, पूजाआजा, उपहार आदानप्रदान र पारिवारिक भेटघाटले तिहारलाई विशेष बनाउने गर्छ।
  • तर पछिल्लो समय चाडपर्व मनाउने नाममा देखासिकी, अनावश्यक तडकभडक र आर्थिक क्षमताभन्दा बढी खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ।

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार खुसी, उमङ्ग, आपसी सद्भाव र सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो। देउसी–भैलो, पूजाआजा, उपहार आदानप्रदान र पारिवारिक भेटघाटले तिहारलाई विशेष बनाउने गर्छ। तर पछिल्लो समय चाडपर्व मनाउने नाममा देखासिकी, अनावश्यक तडकभडक र आर्थिक क्षमताभन्दा बढी खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ। क्षणिक खुसी र मनोरञ्जनका लागि गरिने यस्तो खर्चले भविष्यमा आर्थिक बोझ थप्न सक्छ। त्यसैले तिहारमा हुने अनावश्यक खर्च कटौती गरी बचत र बीमामा लगानी गर्ने बानी बसाल्नु आवश्यक देखिन्छ।

चाडपर्वमा खर्च गर्नु अस्वाभाविक होइन। तर आफ्नो आम्दानी र आर्थिक अवस्थालाई ख्याल नगरी गरिने खर्चले पारिवारिक बजेटमा असर पार्न सक्छ। महँगा उपहार खरिद, विलासी सामानको किनमेल, तडकभडकपूर्ण सजावट तथा जुवा–तासजस्ता गतिविधिमा खर्च हुने रकमलाई नियन्त्रण गर्न सके भविष्यका लागि आर्थिक स्रोत जुटाउन सकिन्छ। त्यही रकमको केही हिस्सा नियमित बचत र बीमामा लगानी गर्न सके परिवारको आर्थिक सुरक्षा बलियो बनाउन मद्दत पुग्छ।

बीमा सम्भावित जोखिमबाट उत्पन्न हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्ने महत्वपूर्ण माध्यम हो। जीवनमा दुर्घटना, गम्भीर रोग, प्राकृतिक विपत्ति तथा अन्य अप्रत्याशित घटना जुनसुकै बेला हुन सक्छन्। यस्ता घटनाले व्यक्ति मात्र नभई सम्पूर्ण परिवारको आर्थिक अवस्थालाई प्रभावित पार्न सक्छन्। बीमालेखमा उल्लेखित सर्त र सुविधाअनुसार बीमित वा उनका परिवारले आर्थिक सुरक्षा प्राप्त गर्न सक्ने भएकाले बीमालाई भविष्यको योजनासँग जोडेर हेर्नुपर्छ।

विशेषगरी जीवन बीमाले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छ। परिवारको आम्दानीको मुख्य स्रोत रहेका व्यक्तिको असामयिक निधन भएमा आश्रित सदस्यको दैनिक जीवनयापन, बालबालिकाको शिक्षा तथा अन्य आर्थिक दायित्व पूरा गर्न कठिन हुन सक्छ। यस्तो अवस्थामा बीमालेखको प्रावधानअनुसार प्राप्त हुने बीमा रकमले परिवारलाई आर्थिक सहारा दिन सक्छ। त्यस्तै, केही जीवन बीमा योजनामा बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकम र लागू हुने बोनस प्राप्त हुने व्यवस्था पनि हुन्छ। यसले जोखिम सुरक्षासँगै दीर्घकालीन बचतको अवसर प्रदान गर्छ।

तिहारमा हुने अनावश्यक खर्च घटाएर जीवन बीमा सुरु गर्न सकिन्छ। बीमा गर्न ठूलो रकम नै आवश्यक पर्छ भन्ने छैन। आफ्नो आम्दानी, आवश्यकता र नियमित रूपमा बीमाशुल्क तिर्न सक्ने क्षमताअनुसार योजना छनोट गर्न सकिन्छ। दैनिक वा मासिक रूपमा सानो रकम बचत गर्ने बानी विकास गर्दै त्यसलाई बीमामा लगानी गर्न सके भविष्यका लागि आर्थिक आधार तयार पार्न सकिन्छ।

तिहारको भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता प्रकट गर्ने विशेष अवसर हो। यस दिन एकअर्कालाई विभिन्न उपहार दिने चलन छ। पछिल्लो समय भौतिक उपहारसँगै जीवन बीमा पोलिसी उपहार दिने अवधारणालाई पनि प्रोत्साहन गर्न सकिन्छ। जन्मदिन, विवाह, पास्नी तथा अन्य विशेष अवसरमा बीमा पोलिसी उपहार दिने संस्कार विकास गर्न सके बचत र आर्थिक सुरक्षाप्रति सचेतना बढाउन सहयोग पुग्छ। विशेषगरी बालबालिकाको शिक्षा, उच्च अध्ययन र भविष्यका आवश्यकतालाई ध्यानमा राखेर अभिभावकले उपयुक्त बीमा योजना छनोट गर्न सक्छन्।

जीवन बीमासँगै निर्जीवन बीमाको महत्व पनि उत्तिकै छ। घर, सवारीसाधन, व्यवसाय तथा अन्य सम्पत्तिमा आगलागी, बाढीपहिरो, दुर्घटना वा अन्य कारणबाट क्षति पुग्न सक्छ। यस्तो अवस्थामा बीमालेखमा समेटिएका जोखिम र सर्तअनुसार क्षतिपूर्ति प्राप्त गर्न सकिन्छ। व्यक्तिगत सम्पत्तिदेखि व्यावसायिक प्रतिष्ठानसम्मको सुरक्षाका लागि निर्जीवन बीमा उपयोगी माध्यम बन्न सक्छ।

तर बीमा गर्दा बोनस वा प्रतिफललाई मात्र आधार बनाएर निर्णय गर्नु हुँदैन। आफ्नो आर्थिक अवस्था, पारिवारिक दायित्व र आवश्यकताअनुसार योजना छनोट गर्नुपर्छ। बीमालेखका सुविधा, बीमाशुल्क, अवधि, दाबी भुक्तानी प्रक्रिया, अपवाद तथा बीचमै बीमा बन्द गर्नुपरेमा लागू हुने प्रावधानबारे राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्छ।

तिहार केवल रमाइलो गर्ने पर्व मात्र होइन, परिवारसँग खुसी बाँड्ने र आपसी सम्बन्धलाई अझ बलियो बनाउने अवसर पनि हो। त्यसैले चाडपर्वको खुसीलाई अनावश्यक खर्च र देखावटी प्रतिस्पर्धासँग जोड्नु हुँदैन। क्षणिक मनोरञ्जनका लागि हुने खर्चको केही हिस्सा भविष्यको आर्थिक सुरक्षामा लगाउन सके त्यसले दीर्घकालीन लाभ दिन सक्छ।

यस वर्षको तिहारमा एउटा सकारात्मक संकल्प गरौँ—फजुल खर्च घटाऔँ, नियमित बचतको बानी बसालौँ र आफ्नो तथा परिवारको सुरक्षित भविष्यका लागि बीमा गरौँ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
निजामती सेवामा राजनीतिक गतिविधि निषेध गर्ने प्रस्ताव, ट्रेड युनियन हटाउने तयारी
सातै प्रदेशमा विशेषज्ञ जलन उपचार सेवा विस्तार गरिँदै, चिकित्सकलाई विशेष तालिम
सातै प्रदेशमा विशेषज्ञ जलन उपचार सेवा विस्तार गरिँदै, चिकित्सकलाई विशेष तालिम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
हिमालयन बैंकको नाफा ६.८४ प्रतिशतले घट्यो, खराब कर्जा बढेर ७.९८ प्रतिशत पुग्यो
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, २० अर्ब चुक्ता पुँजी पुर्‍याउने बाटो खुल्दै
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो

तपाईंले छुटाउनुभयो कि?