सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी

digitalchautari digitalchautari
|
बिहिबार, बैशाख १०, २०८३
|
|
१.१K पटक हेरिएको
Shares
सरुवा अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई तीन दिनको चेतावनी

सारांश

  • सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले विभिन्न स्थानीय तहमा सरुवा भए पनि हालसम्म कार्यक्षेत्रमा नगएका १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन अन्तिम चेतावनी दिएको छ।
  • मन्त्रालयका अनुसार २०८२ भदौदेखि २०८२ माघसम्मको अवधिमा विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा सरुवा गरिएका उपसचिव तथा शाखा अधिकृत स्तरका ती कर्मचारीहरू हालसम्म रमाना नलिई साबिककै कार्यालयमा बसिरहेको पाइएको छ।
  • यसैक्रममा मन्त्रालयले २०८३ वैशाख १० गते पत्राचार गर्दै सम्बन्धित कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा रमाना लिई तोकिएको स्थानीय तहमा गई कामकाज सम्हाल्न निर्देशन दिएको हो।

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले विभिन्न स्थानीय तहमा सरुवा भए पनि हालसम्म कार्यक्षेत्रमा नगएका १६ जना प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन अन्तिम चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार २०८२ भदौदेखि २०८२ माघसम्मको अवधिमा विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा सरुवा गरिएका उपसचिव तथा शाखा अधिकृत स्तरका ती कर्मचारीहरू हालसम्म रमाना नलिई साबिककै कार्यालयमा बसिरहेको पाइएको छ।

यसैक्रममा मन्त्रालयले २०८३ वैशाख १० गते पत्राचार गर्दै सम्बन्धित कर्मचारीहरूलाई तीन दिनभित्र अनिवार्य रूपमा रमाना लिई तोकिएको स्थानीय तहमा गई कामकाज सम्हाल्न निर्देशन दिएको हो।

सरुवा आदेश जारी भएको लामो समय बितिसक्दा पनि कर्मचारीहरूले अटेर गरी कार्यक्षेत्रमा नगएपछि मन्त्रालयले कडा कदम चाल्दै अल्टिमेटम दिएको जनाएको छ।

मन्त्रालयले तोकिएको समयभित्र हाजिर नहुने कर्मचारीमाथि निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० अनुसार विभागीय कारबाही गरिने चेतावनी दिएको छ।

सरुवा आदेश अटेर गर्ने र साबिककै कार्यालयमा बसिरहने प्रवृत्ति नियन्त्रण गर्न यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। साथै आगामी दिनमा पनि अवधि पुगेर हाजिर हुन नजाने कर्मचारीमाथि कडा कानुनी कारबाही गरिने मन्त्रालयको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
हिमालयन लाइफको जीवन बीमा कोष ८९ अर्ब ४१ करोड, नाफा ४१.९० प्रतिशत घट्यो
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको महासभा सकेर प्रधानमन्त्री शाह स्वदेश फिर्ता
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक

तपाईंले छुटाउनुभयो कि?