विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’

digitalchautari digitalchautari
|
आइतबार, श्रावण ३१, २०८३
|
|
१.४K पटक हेरिएको
Shares
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
  • आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
  • कार्यक्रममा शिक्षाविद् डा.

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका विभिन्न

सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता अभिषेक घिमिरे, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम तथा शिक्षा मन्त्रालयका सहसचिव एवं विद्यालय शिक्षा महाशाखाका प्रमुख शिव सापकोटा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शिक्षा नीति दीर्घकालीन प्रभाव पार्ने विषय भएकाले कम्तीमा २५–३० वर्षसम्म काम गर्ने गरी दूरदर्शी शिक्षा नीति निर्माण गर्नुपर्ने बताउनुभयो।
उहाँले शिक्षा ऐन निर्माणअघि नै देशभरका शिक्षा सरोकारवालाको आवाज सुन्न आवश्यक रहेकाले सातै प्रदेशमा पुगेर स्थानीय सरोकारवालासँग संवाद सुरु गरिएको बताउनुभयो।
विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आज जनकपुरमा कार्यक्रम हुँदैछ। अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
नेपालले यूएईलाई ३७ रनले हरायो, लिग टूमा महत्वपूर्ण जित
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना
साइबर कानूनको बहानामा पत्रकारलाई त्रसित पार्ने सरकारको मनसाय छैन : सञ्चारमन्त्री तिमिल्सिना
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह

तपाईंले छुटाउनुभयो कि?