म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
२६० पटक हेरिएको
Shares
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण

सारांश

  • एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका पर्यटन पूर्वाधारका योजनाबाट ४ दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ।
  • गत आर्थिक वर्षमा कार्यालयले पर्यटन पूर्वाधार निर्माणतर्फ २४ वटा योजनाका लागि १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
  • त्यसमध्ये १ करोड १० लाख रुपैयाँ बजेटका १९ वटा योजना सम्पन्न भएका छन्।

म्याग्दी । एकीकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका पर्यटन पूर्वाधारका योजनाबाट ४ दशमलव १९ किलोमिटर पदमार्ग निर्माण भएको छ।

गत आर्थिक वर्षमा कार्यालयले पर्यटन पूर्वाधार निर्माणतर्फ २४ वटा योजनाका लागि १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यसमध्ये १ करोड १० लाख रुपैयाँ बजेटका १९ वटा योजना सम्पन्न भएका छन्।

कार्यालय प्रमुख सम्झेर घर्ती क्षेत्रीका अनुसार सम्पन्न योजनामार्फत विभिन्न पर्यटकीय क्षेत्रमा पक्की तथा कच्ची पदमार्ग, विश्रामस्थल, आश्रयस्थल र पर्खाललगायत पूर्वाधार निर्माण गरिएको छ। सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको उनले बताए।

प्रतिकूल भूगोल, मौसम तथा अन्य कारणले ३० लाख रुपैयाँ बजेट रहेका पाँचवटा योजना भने कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ। पर्यटन पूर्वाधार निर्माण भएपछि पर्यटक, स्थानीयवासी तथा पर्यटक मजदुरलाई आवतजावतमा सहज भएको कार्यालयको भनाइ छ।

मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा ५२० मिटर पक्की पदमार्ग निर्माण गरिएको छ। सोही गाउँपालिकाको धार्मिकस्थल प्रभुचेलामा तीन कोठे आश्रयस्थल भवनसमेत निर्माण भएको छ। मालिका–४ मा गौखेरेदेखि मतौका चनौटे तथा वडा नम्बर ३ को लामखोरिया डाडागाउँ जोड्ने पदमार्ग निर्माण गरिएको छ।

बेनी नगरपालिका–९ मा ढाडापधेरा–आरोटा–पाखाथर तथा वडा नम्बर ८ को बराहपाखोमा पदमार्ग निर्माण गरिएको छ। बेनी–१ को सनातन धार्मिक आश्रम र वडा नम्बर २ को लभ्लीहिलमा घेराबार निर्माण गरिएको छ।

त्यस्तै, मङ्गला गाउँपालिका–४ को गम्फाधुरी तथा धवलागिरी गाउँपालिका–४ को खिवाङ–चेचुङ पदमार्ग निर्माण भएको छ।

रघुगङ्गा गाउँपालिका–३ मा गलेश्वरदेखि बगैँचा तथा वडा नम्बर ५ र ६ को फुलडाँडामा पदमार्ग निर्माण गरिएको छ। वडा नम्बर ३ को गायत्री मन्दिरमा सत्तल निर्माण गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङ झरना, वडा नम्बर ७ को टिकोटदेखि सोबन्ध, वडा नम्बर १ को मारका, वडा नम्बर ६ को चित्रेदेखि घान्द्रुक देउराली तथा वडा नम्बर ३ को फगाम–सुवा–दुवारी–मतिचौर जोड्ने पदमार्ग निर्माण गरिएको कार्यालयले जनाएको छ।

यसैबीच, चालु आर्थिक वर्ष २०८३/८४ का लागि गण्डकी प्रदेश सरकारले म्याग्दीका २४ वटा योजनाका लागि १ करोड ८५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

बजेट विनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार गर्ने तथा उपभोक्ता समिति गठन गर्ने काम सुरु भइसकेको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
आगामी आर्थिक वर्षभित्र एनआरएनए नागरिकताको कानुनी समस्या समाधान गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
पाँचपोखरी थाङपालमा धानबाली पकेट विकास कार्यक्रम प्रभावकारी, कृषकलाई ट्याक्टर वितरण
वाम एकतामार्फत कम्युनिस्ट  आन्दोलन पुनर्गठन गर्न नेकपाको आह्वान
वाम एकतामार्फत कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न नेकपाको आह्वान
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छ : पूर्वप्रधानमन्त्री नेपाल
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
रसुवा बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट
रसुवा बाढी प्रभावित बीमितलाई ६ महिनासम्म ब्याज छुट

तपाईंले छुटाउनुभयो कि?