भरतप्रसाद पराजुलीको सचिवालयद्वारा तातोपानी नाका खुलाउन सर्वपक्षीय बृहत् अन्तरक्रिया आयोजना हुँदै
सारांश
- लामो समयदेखि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको नेपाल–चीन जोड्ने तातोपानी नाका खुलाउन पहल गर्ने उद्देश्यले सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
- तातोपानी नाकाको समस्या समाधान गरी नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो।
- आयोजकका अनुसार २०७२ सालको भूकम्पपछि प्रभावित बनेको नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा व्यापार व्यवसाय तथा स्थानीय जनजीवनमा असर परेको विषयलाई कार्यक्रममा उठाइनेछ।
काठमाडौं । लामो समयदेखि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको नेपाल–चीन जोड्ने तातोपानी नाका खुलाउन पहल गर्ने उद्देश्यले सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
तातोपानी नाकाको समस्या समाधान गरी नाका पूर्णरूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार २०७२ सालको भूकम्पपछि प्रभावित बनेको नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा व्यापार व्यवसाय तथा स्थानीय जनजीवनमा असर परेको विषयलाई कार्यक्रममा उठाइनेछ।
कार्यक्रममा नाका सञ्चालनसँग सम्बन्धित विषयमा विज्ञ, सरोकारवाला तथा विभिन्न पक्षका प्रतिनिधिबीच छलफल र अन्तरक्रिया गरिने जनाइएको छ।
माननीय भरतप्रसाद पराजुलीको सचिवालयको आयोजनामा हुने उक्त कार्यक्रम कात्तिक ३० गते दिउँसो १ बजे काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलमा आयोजना हुनेछ।
कार्यक्रममा सम्बन्धित सबै पक्षलाई सहभागी भई तातोपानी नाका खुलाउने विषयमा साझा धारणा निर्माण गर्न आयोजकले आग्रह गरेको छ।

प्रतिक्रिया