सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
सरकारले जनतालाई निराश बनायो, महँगी र भ्रष्टाचार बढ्यो : उपेन्द्र यादव

सारांश

  • जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको भन्दै चौतर्फी निराशा सिर्जना गरेको आरोप लगाएका छन् ।
  • चुनावका बेला जनतासामु गरेका प्रतिबद्धताविपरीत सरकारका गतिविधि अघि बढिरहेको उल्लेख गर्दै यादवले महँगी, भ्रष्टाचार र बेथिति बढ्दै गएको दाबी गरेका हुन् ।
  • अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार बाँकेको नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन कायम गर्न असफल भएको आरोप लगाए ।

रुपन्देही । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न नसकेको भन्दै चौतर्फी निराशा सिर्जना गरेको आरोप लगाएका छन् ।

चुनावका बेला जनतासामु गरेका प्रतिबद्धताविपरीत सरकारका गतिविधि अघि बढिरहेको उल्लेख गर्दै यादवले महँगी, भ्रष्टाचार र बेथिति बढ्दै गएको दाबी गरेका हुन् ।

अग्रगामी मोर्चाको लुम्बिनी प्रदेश समन्वय समितिले आइतबार बाँकेको नेपालगन्जमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासन कायम गर्न असफल भएको आरोप लगाए ।

यादवले भ्रष्टाचार र कमिसनतन्त्र नियन्त्रण हुनुको सट्टा बढ्दै गएको, महँगीले सर्वसाधारणको जनजीवन कष्टकर बनेको तथा गरिब र श्रमजीवी वर्ग थप समस्यामा परेको बताए ।

उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किएको, सरकारी अस्पतालमा सहज उपचार नपाइएको र स्वास्थ्य बिमा कार्यक्रमसमेत प्रभावकारी हुन नसकेको टिप्पणी गरे । गरिब तथा विपन्न नागरिकको पक्षमा सरकार उभिन नसकेको उनको आरोप थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकार विदेशी ऋणमा निर्भर रहेको दाबी गर्दै वर्तमान अवस्थाले विगतका कांग्रेस र कम्युनिस्ट नेतृत्वका सरकारकै झल्को दिएको बताए ।

अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशका रुपन्देही र बाँकेमा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके गुप्ता, प्रलोपाका नेता जनार्दन शर्मालगायत विभिन्न राजनीतिक घटकका नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले वृद्धि, ९ महिनामा ६२ करोड कमाई
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै!
देउवासँग दूरी बढाएका गगन ओलीसँग नजिकिँदै!
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
भोटेकोशी बाढीपछि नेपालले विश्वसँग माग्यो आपत्कालीन सहयोग, ‘हानि नोक्सानी कोष’लाई पत्र
क्यान्सर उपचारमा नयाँ आशा : मडर्ना–मर्कको एमआरएनए खोप परीक्षणमा सफल
क्यान्सर उपचारमा नयाँ आशा : मडर्ना–मर्कको एमआरएनए खोप परीक्षणमा सफल
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
भोटेकोसी–त्रिशूली बाढीले मच्चाएको तहसनहस : ७ हजार ५७० घर क्षतिग्रस्त
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?