सानिमा रिलायन्स लाइफको व्यापार २३% ले बढ्यो, जीवन बीमा कोष २६.८३ अर्ब नाघ्यो
सारांश
- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
- कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
- गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो।
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ०.४० प्रतिशतले बढेको हो।
कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म महाविपत्ति कोषमा २१ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६० करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
यसैगरी, कम्पनीको जीवन बीमा कोषको आकारमा उल्लेख्य वृद्धि भएको छ। असोज मसान्तसम्म जीवन बीमा कोषमा २६ अर्ब ८३ करोड ३१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको जीवन बीमा कोष २८.५३ प्रतिशतले वृद्धि भएको हो।
बीमाशुल्क आर्जनतर्फ पनि कम्पनीले सुधार गरेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले २ अर्ब २७ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। यस अवधिमा कुल बीमाशुल्क आर्जन २३.२७ प्रतिशतले बढेको हो।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ रहेको थियो। यसअनुसार खुद बीमाशुल्क आर्जनमा २३.१२ प्रतिशतको वृद्धि भएको छ।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा समेत सामान्य सुधार देखिएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म वार्षिकीकृत ईपीएस ११ रुपैयाँ ९८ पैसा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ईपीएस ११ रुपैयाँ ९३ पैसा रहेको थियो।
कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३१.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा कायम भएको छ।

प्रतिक्रिया