आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

digitalchautari digitalchautari
|
शनिबार, कार्तिक ७, २०८३
|
१
|
४K पटक हेरिएको
Shares
आगामी पाँच दिन मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सारांश

  • आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ । आगामी पाँच दिन देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, सोमबार हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र कोशी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाको अनुमान छ। मङ्गलबार र बुधबार पनि देशका विभिन्न क्षेत्रमा आंशिक बदली रहनेछ। ती दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

महाशाखाका अनुसार तराई, काठमाडौँ उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले यात्राका क्रममा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले आगामी तीन दिन तथा कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन नियमित रूपमा मौसम पूर्वानुमान तथा अद्यावधिक सूचना हेर्न सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

१ कमेन्ट

  1. Comment Author

    Vivian4274

    यस विषयमा सम्बन्धित निकायले पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
गृहमन्त्री नियुक्तिप्रति कांग्रेस सांसद खड्काको आपत्ति
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
भरत पराजुलीको पहल सफल, दशैंअघि तीन दिन खुल्ने भयो तातोपानी नाका
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
चक्रपथले फेर्ने नयाँ रूप : दोस्रो चरणको विस्तार सम्झौता सम्पन्न
चक्रपथले फेर्ने नयाँ रूप : दोस्रो चरणको विस्तार सम्झौता सम्पन्न
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
सानिमा ग्रोथ फन्डले ५ प्रतिशत नगद लाभांश दिने
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
बीमा कम्पनीको पोलिसी कर्जा९४ अर्ब ७८ करोड, कुन कम्पनीले कति दिए ?
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र

तपाईंले छुटाउनुभयो कि?