जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो

digitalchautari digitalchautari
|
बिहिबार, कार्तिक १९, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो

सारांश

  • नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ।
  • चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।
  • नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो।

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १४ जीवन बीमा कम्पनीले कुल १२ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन भएको थियो। यस वर्ष संकलन रकम ३३.६७ प्रतिशतले बढेको हो।

प्रथम बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले असोज मसान्तसम्म ३ अर्ब १५ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ७० करोड ७९ लाख रुपैयाँ संकलन गरेको कम्पनीको वृद्धिदर १६.३७ प्रतिशत रहेको छ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ। गत वर्षको तुलनामा कम्पनीको संकलन ६०.४६ प्रतिशतले बढेको हो। अर्बभन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ र नेशनल लाइफ मात्र रहेका छन्।

तेस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८८ करोड ८८ लाख रुपैयाँ संकलन गरेको छ। त्यस्तै, एलआईसी नेपालले ८१ करोड ३९ लाख र सिटिजन लाइफ इन्स्योरेन्सले ७७ करोड २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन्।

यसैगरी आईएमई लाइफले ७३ करोड ९४ लाख, हिमालयन लाइफले ६९ करोड १७ लाख, एशियन लाइफले ६७ करोड ३३ लाख र सानिमा रिलायन्स लाइफले ६४ करोड २२ लाख रुपैयाँ संकलन गरेका छन्।

रिलायबल नेपाल लाइफले ६० करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा प्रभु महालक्ष्मी लाइफले ५५ करोड १४ लाख रुपैयाँ संकलन गरेको छ। मेट लाइफले ४६ करोड ९९ लाख र सन नेपाल लाइफले ३३ करोड २० लाख रुपैयाँ संकलन गरेका छन्।

वृद्धिदरका आधारमा भने आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको प्रथम बीमाशुल्क संकलन गत वर्षको तुलनामा ७४.१० प्रतिशतले बढेको छ। त्यस्तै, प्रभु महालक्ष्मी लाइफको संकलन ७२.०२ प्रतिशतले बढेको छ। सन नेपाल लाइफले ६८.२१ प्रतिशत र नेशनल लाइफले ६०.४६ प्रतिशतको वृद्धि हासिल गरेका छन्।

यता, राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क संकलन भने घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ३६ लाख रुपैयाँ मात्र संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४५ करोड ४६ लाख रुपैयाँ संकलन गरेको कम्पनीको आम्दानी ३३.२२ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा प्रथम बीमाशुल्क संकलन घट्ने राष्ट्रिय जीवन बीमा कम्पनी एक मात्र रहेको छ। समग्रमा जीवन बीमा बजारमा नयाँ बीमालेख बिक्रीबाट प्राप्त हुने प्रथम बीमाशुल्क संकलनमा सुधार देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
१० कित्ते व्यवस्था हटाउने कि सुधार्ने ? फेरि तात्यो आईपीओ बहस
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु
ऐंसेलुखर्क माध्यमिक विद्यालयका बाली विज्ञानका विद्यार्थीहरूद्वारा सुर्यकोटमा ३ दिने बाली उपचार शिविर सुरु
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
बाढी प्रभावितको उद्धार र पुनर्स्थापनामा कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त
हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन, मिश्र र न्यौपाने नयाँ सञ्चालक नियुक्त

तपाईंले छुटाउनुभयो कि?