एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना

digitalchautari digitalchautari
|
आइतबार, भाद्र १४, २०८३
|
|
५९५ पटक हेरिएको
Shares
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि सरकारले अपनाएको नीति उचित नभएको बताउनुभएको छ।
  • आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउनुभयो।
  • डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि यसबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उहाँको भनाइ छ।

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा व्यवस्थापनका लागि सरकारले अपनाएको नीति उचित नभएको बताउनुभएको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले शव पहिचान नगरी जमिनमुनि व्यवस्थापन गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउनुभयो। डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने गरी शव व्यवस्थापन गरिएको भए पनि यसबाट पीडित परिवार सन्तुष्ट हुन नसकेको उहाँको भनाइ छ।

‘शव पहिचानको सन्दर्भमा सरकारले जे नीति बनायो, यो अत्यन्त बेठीक भएको छ,’ पोखरेलले भन्नुभयो, ‘डीएनए परीक्षणपछि पुनः उत्खनन गर्ने हिसाबले शव व्यवस्थापन गरिएको अवस्था छ। तर पीडितहरूको दृष्टिकोणबाट हेर्दा उनीहरूलाई चित्त बुझेको अवस्था छैन। त्यसैले शव व्यवस्थापनका विषयमा सरकारले अलिकति ध्यान दिनुपर्ने अवस्था देखिन्छ।’

महासचिव पोखरेलले रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि एमालेले पार्टी पंक्तिबाट सहयोग संकलन गर्न प्रदेश इन्चार्ज र अध्यक्षहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।

उहाँका अनुसार पार्टीका तर्फबाट संकलन हुने सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरिनेछ।

पोखरेलले बाढी प्रभावित जिल्लामा पार्टी केन्द्रसँग समन्वय गर्न फोकल पर्सन तोकेर अघि बढ्नुपर्ने बताउनुभयो। सम्बन्धित जिल्लामा तोकिने फोकल पर्सनले प्रभावित क्षेत्रका सूचना संकलन गरी पार्टीले सञ्चालन गर्ने राहत तथा उद्धारका गतिविधिमा समन्वय गर्ने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने
रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
राष्ट्रिय विकास बैंकहरूको नाफा ११३ प्रतिशतले वृद्धि, लुम्बिनीको ऐतिहासिक कमब्याक
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ
१४ वर्षपछि मेलम्ची ब्याडमिन्टन एकेडेमीको नेतृत्व हस्तान्तरण,अध्यक्षमा श्रेष्ठ
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा रोक
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु

तपाईंले छुटाउनुभयो कि?