झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय

digitalchautari digitalchautari
|
सोमबार, आश्विन १९, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय

सारांश

  • सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट रोक्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
  • प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्थाबारे जानकारी लिइएको हो ।
  • मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायतका पालिकासँग जोडिएका सीमावर्ती क्षेत्र तथा आवतजावतका मार्गको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

झापा । सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र राजस्व चुहावट रोक्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार सीमावर्ती क्षेत्रका विभिन्न स्थानमा स्थलगत अनुगमन गर्दै सुरक्षा अवस्थाबारे जानकारी लिइएको हो । मेचीनगर, बुद्धशान्ति र अर्जुनधारालगायतका पालिकासँग जोडिएका सीमावर्ती क्षेत्र तथा आवतजावतका मार्गको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सदरमुकामबाट टाढा रहेका र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अनुसार मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गबाट हुनसक्ने अवैध ओसारपसार र तस्करी नियन्त्रण गर्न विशेष सतर्कता अपनाइएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ हुनसक्ने अवैध निकासीलाई मध्यनजर गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा गस्तीसमेत बढाइएको छ । यसबाट राजस्व चुहावट नियन्त्रणका साथै सीमा अपराध र अवैध वस्तुको ओसारपसार रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

“मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, पोखरेलले भने ।

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध गतिविधिबारे सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा पेट्रोलिङ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिटले सुरक्षा उपस्थिति, गस्ती तथा अवैध गतिविधि नियन्त्रणका लागि गरिएका कारबाहीको विवरण प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्थाको मूल्याङ्कन गरी थप रणनीति तय गरिने पोखरेलले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेसमा युवा र महिला सहभागिता बढाउन प्रस्ताव, टिकट वितरणमा प्राइमरी इलेक्सनको माग
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, पत्रकार पक्राउदेखि समानान्तर महाधिवेशनसम्म छलफल हुने
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २.८३ अर्ब
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
इभीको लहरले जन्मायो नयाँ व्यवसाय, चार्जिङ स्टेसनमा लगानी बढ्दै
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
सूर्यज्योति लाइफको जीवन बीमा कोष २३.७४ प्रतिशतले बढ्यो, खुद नाफामा भने गिरावट
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
प्रमुख सचेतक नहुँदा कोशी प्रदेशसभामा विधेयक व्यवस्थापन र ह्वीप प्रणाली प्रभावित
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना

तपाईंले छुटाउनुभयो कि?