snamai single page

राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, बीमाशुल्क आर्जन भने ६.९८ प्रतिशतले बढ्यो

डिजिटल चौतारी डिजिटल चौतारी
|
आइतबार, कार्तिक २९, २०८३
|
|
५.९K पटक हेरिएको
Shares
राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, बीमाशुल्क आर्जन भने ६.९८ प्रतिशतले बढ्यो

सारांश

  • राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ।
  • कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो।
  • जबकि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बीमाशुल्क आर्जन बढे पनि कुल आम्दानी घट्नु र खर्च बढ्नुका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा परेको देखिएको छ।

कम्पनीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद बीमाशुल्क आर्जन भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ थियो। यसअनुसार बीमाशुल्क आर्जन ६.९८ प्रतिशतले वृद्धि भएको छ।

तर, कम्पनीको कुल आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो। यसरी कम्पनीको कुल आम्दानी २.९६ प्रतिशतले घटेको हो।

अर्कोतर्फ कम्पनीको कुल खर्च बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ अर्ब ४० करोड ५४ लाख रुपैयाँ खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४६ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ। आम्दानीमा आएको गिरावट र खर्चमा भएको वृद्धिले कम्पनीको नाफामा प्रत्यक्ष असर पारेको देखिन्छ।

त्यस्तै, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि उल्लेख्य कमी आएको छ। समीक्षा अवधिमा कम्पनीले यस शीर्षकबाट ५९ करोड रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ५ करोड ३३ लाख रुपैयाँ थियो।

कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक बनेको छ। गत वर्ष २.६८ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ३.६२ रुपैयाँ ऋणात्मक भएको छ।

कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ। यता सञ्चित नोक्सानी बढेर ४ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा सञ्चित नोक्सानी ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ रहेको थियो।

यससँगै कम्पनीको कुल इक्विटी ४ अर्ब ३१ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
असोजमा बैंकको ब्याजदर फेरि घट्यो, २० वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ दर
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
शान्ति, सद्भाव र भ्रातृत्व: समाजमा नैतिक मूल्य र मानवीय एकताको सन्देश
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
जीवन बीमा बजारमा उत्साह, प्रथम बीमाशुल्क संकलन ३३ प्रतिशतभन्दा बढीले बढ्यो
भाइटीकामा दिदीबहिनीलाई बीमा पोलिसी उपहार दिऔँ, भविष्यको सुरक्षा र मायाको अमूल्य सौगात बनाऔँ
भाइटीकामा दिदीबहिनीलाई बीमा पोलिसी उपहार दिऔँ, भविष्यको सुरक्षा र मायाको अमूल्य सौगात बनाऔँ
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
भदौमा वाणिज्य बैंकको ब्याजदर थप घट्यो, कुन बैंकले कति दिँदैछन् ?
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट

तपाईंले छुटाउनुभयो कि?