अर्नब चक्रवातको प्रभाव हट्यो, अब पाँच दिन यस्तो रहनेछ देशभरको मौसम

digitalchautari digitalchautari
|
आइतबार, कार्तिक १५, २०८३
|
|
४७३ पटक हेरिएको
Shares
अर्नब चक्रवातको प्रभाव हट्यो, अब पाँच दिन यस्तो रहनेछ देशभरको मौसम

सारांश

  • नेपालमा केही दिनदेखि वर्षा र हिमपात गराइरहेको अर्नब चक्रवातको प्रभाव हटेको छ ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कात्तिक १५ गते आइतबारदेखि चक्रवातको प्रभाव पूर्ण रूपमा समाप्त भएको हो ।
  • महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको छ ।

काठमाडौं । नेपालमा केही दिनदेखि वर्षा र हिमपात गराइरहेको अर्नब चक्रवातको प्रभाव हटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कात्तिक १५ गते आइतबारदेखि चक्रवातको प्रभाव पूर्ण रूपमा समाप्त भएको हो ।

महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको मौसम बुलेटिनअनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहेको छ । अहिले देशभर आंशिक बदली रहेको छ भने तराई, काठमाडौं उपत्यकालगायत केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

त्यस्तै, सिन्धुपाल्चोक र रौतहटका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी पाँच दिनको मौसम पूर्वानुमान

महाशाखाले सार्वजनिक गरेको पाँचदिने मौसम पूर्वानुमानअनुसार आगामी दिनमा देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने देखिएको छ । यद्यपि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ ।

कात्तिक १५ गते, आइतबार

दिउँसो देशभर आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । राति पनि देशभर आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई, उपत्यका र खोचहरूमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

कात्तिक १६ गते, सोमबार

लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । राति हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।

कात्तिक १७ गते, मंगलबार

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । यी तीन प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

कात्तिक १८ गते, बुधबार

कोशी प्रदेशको तराईसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । सम्बन्धित प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कात्तिक १९ गते, बिहीबार

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यी प्रदेशका हिमाली क्षेत्र तथा कोशी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

यस अवधिमा तराई, उपत्यका तथा खोचहरूमा बिहानको समयमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
मोदी–सी भेटको तयारी, भारत–चीन सम्बन्धमा नयाँ मोडको संकेत
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
प्रेस काउन्सिल ऐन संशोधनसहित दुई अध्यादेश ल्याउने सरकारको निर्णय, मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पासपोर्ट ठेक्का प्रकरणमा आरजु राणा देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुपाल्चोक गठन, केन्द्रिय सदस्य थापाले खुवाए सपथ
पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सिन्धुपाल्चोक गठन, केन्द्रिय सदस्य थापाले खुवाए सपथ
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
हेलम्बुमा ३ दिने आधारभूत मौरी पालन तालिम सम्पन्न
हेलम्बुमा ३ दिने आधारभूत मौरी पालन तालिम सम्पन्न
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
ब्रिक्समा चीनका राष्ट्रपति सीको पाँच प्रस्ताव
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित सिन्धुपाल्चोक, जेठ १४
सर्वदलीय बैठकमा भोटेकोसी बाढीको समीक्षा, एक साताभित्र संसदीय विशेष समिति बनाउने सहमति
सर्वदलीय बैठकमा भोटेकोसी बाढीको समीक्षा, एक साताभित्र संसदीय विशेष समिति बनाउने सहमति

तपाईंले छुटाउनुभयो कि?