होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २८, २०८३
|
|
१K पटक हेरिएको
Shares
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

सारांश

  • इरान र अमेरिकाबीच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन् ।
  • केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो ।
  • “एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भयो र अन्य तीन जना घाइते भए”, तेमुरीले सरकारी टेलिभिजनमार्फत बताउनुभयो ।

एजेन्सी । इरान र अमेरिकाबीच रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’लाई लिएर तनाव बढिरहेका बेला आइतबार उक्त क्षेत्रमा एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी अधिकारीले बताएका छन् ।

केश्म सहरका गभर्नर अमिर तेमुरीका अनुसार हेङ्गाम र केश्म टापुको तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब ५ः०० बजे जहाजमाथि आक्रमण भएको थियो ।

“एउटा व्यापारिक जहाजमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भयो र अन्य तीन जना घाइते भए”, तेमुरीले सरकारी टेलिभिजनमार्फत बताउनुभयो । आक्रमण कसले वा कुन पक्षले गरेको भन्नेबारे भने उहाँले स्पष्ट जानकारी दिनुभएन ।स्ट्रेट अफ होर्मुजको सबैभन्दा ठूलो टापु केश्म वरपर रातभरि धेरै विस्फोट भएको खबरसमेत प्राप्त भएको थियो ।

विश्वव्यापी तेल तथा ग्यास आपूर्तिका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज हाल अवरुद्ध अवस्थामा रहेको छ । यसै विषयमा छलफल गर्न इरान र खाडी मुलुकहरूबीच ओमानमा बैठक बस्नुभन्दा एक दिनअघि उक्त घातक घटना भएको हो ।

इरान र अमेरिकाबीच करिब छ महिनादेखि जारी द्वन्द्वमा स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण प्रमुख विवादको विषय बनेको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको सैन्य कारबाहीपछि जवाफमा इरानले जलसन्धि अवरुद्ध गरेको बताइएको छ । त्यसअघि यो जलमार्गबाट जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्दै आएका थिए ।

इरानले सुरक्षा र सार्वभौमिकताको कारण देखाउँदै होर्मुजबाट आवतजावत गर्ने जहाजले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । साथै, जहाजबाट सेवा शुल्क लिने संयन्त्रबारे पनि विचार गरिरहेको बताइएको छ ।

इरानी नियम पालना नगर्ने जहाजहरूलाई आक्रमणको जोखिम हुने गरेको छ भने अमेरिकाले पनि होर्मुजमाथि तेहरानको नियन्त्रणलाई चुनौती दिने उद्देश्यले इरानी तटीय क्षेत्रमा छिटपुट हवाई आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
जीवन बीमाको नवीकरण बीमाशुल्क १२.८० प्रतिशतले वृद्धि, नेपाल लाइफ पहिलो स्थानमा
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
संविधान दिवसमा इन्द्रावतीमा वक्तृत्वकला प्रतियोगिता र सरसफाइ कार्यक्रम सम्पन्न
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
भूर्तेलको विस्फोटक अर्धशतकमा नेपालको सानदार जित
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने
इन्द्रावती वडा नं. ५ को विस्तृत भू–उपयोग नक्सा तयार, व्यवस्थित विकास र विपद् व्यवस्थापनमा टेवा पुग्ने

तपाईंले छुटाउनुभयो कि?