हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति

digitalchautari digitalchautari
|
बुधबार, आषाढ २४, २०८३
|
|
१९० पटक हेरिएको
Shares
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति

सारांश

  • हेलम्बु गाउँपालिका र टर्न की डेभलप्मेन्ट ग्रुपबीच हेलम्बुका विद्यार्थीहरूको गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक सहमति भएको छ।
  • गाउँपालिकाका अनुसार उक्त कार्यक्रममार्फत आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई छात्रवृत्तिको माध्यमबाट उच्च शिक्षाको अवसर प्रदान गरिनेछ।
  • साथै उद्यमशीलता, नवप्रवर्तन, रोजगारीमुखी सीप विकास तथा विद्यालयमा आधारित दिगो कृषि र पशुपालन उद्यमलाई समेत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

हेलम्बु गाउँपालिका र टर्न की डेभलप्मेन्ट ग्रुपबीच हेलम्बुका विद्यार्थीहरूको गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक सहमति भएको छ।
गाउँपालिकाका अनुसार उक्त कार्यक्रममार्फत आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई छात्रवृत्तिको माध्यमबाट उच्च शिक्षाको अवसर प्रदान गरिनेछ। साथै उद्यमशीलता, नवप्रवर्तन, रोजगारीमुखी सीप विकास तथा विद्यालयमा आधारित दिगो कृषि र पशुपालन उद्यमलाई समेत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
प्रारम्भिक सहमतिअनुसार स्नातक तहदेखि इन्जिनियरिङलगायत प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गर्दै करिब रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। यस कार्यक्रमले हेलम्बुलाई आवश्यक दक्ष तथा प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा हस्ताक्षरपछि गाउँपालिकाले यो पहलले हेलम्बुका प्रतिभाशाली तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
गाउँपालिकाले “शिक्षामा लगानी, समृद्ध हेलम्बुको आधार” भन्ने नारालाई आत्मसात गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा १९ अर्ब नाघ्यो, नबिल बैंक सबैभन्दा अगाडि
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
युवा महिलाहरू खेलकुद र खेल क्षेत्रमा: राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय
झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइयो, तस्करी नियन्त्रणमा सुरक्षा समिति सक्रिय
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
टर्कीका अर्थमन्त्री सिमसेकद्वारा लगानी सुधार प्याकेजको घोषणा
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस
आन्तरिक विवादले कमजोर बन्दै नेपाली कांग्रेस
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी
चार दशकको राजनीतिक अनुभवसहित वंशलाल तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?