बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप

digitalchautari digitalchautari
|
बुधबार, आश्विन २८, २०८३
|
|
६३५ पटक हेरिएको
Shares
बाढी प्रभावित व्यवसायीलाई कर्जा साँवा–ब्याज तिर्ने अवधि थप

सारांश

  • नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा बाढीबाट प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने अवधि थप गरेको छ।
  • राष्ट्र बैंकले प्रभावित ऋणीलाई राहतस्वरूप भुक्तानीका लागि थप समय उपलब्ध गराउने व्यवस्था गरेको हो।
  • राष्ट्र बैंकले मंगलबार राति विज्ञप्ति जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा बाढीबाट प्रभावित व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानी गर्ने अवधि थप गरेको छ। राष्ट्र बैंकले प्रभावित ऋणीलाई राहतस्वरूप भुक्तानीका लागि थप समय उपलब्ध गराउने व्यवस्था गरेको हो।

राष्ट्र बैंकले मंगलबार राति विज्ञप्ति जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

संशोधित व्यवस्थाअनुसार बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका आयोजना तथा व्यवसाय, रसुवा भन्सार नाकामार्फत कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात–निर्यातमा आधारित व्यवसाय र बाढीबाट प्रभावित अन्य ऋणीले कर्जा भुक्तानीमा कठिनाइ भोगेको अवस्थामा थप समय पाउन सक्नेछन्।

यसका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले ऋणीको बिक्री तथा आम्दानी, नगद प्रवाह, वित्तीय अवस्था, आयात–निर्यातमा परेको असर र कर्जाको उपयोगितालगायत पक्षको यथार्थपरक विश्लेषण गर्नुपर्नेछ। विश्लेषणका आधारमा किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीको २०८२ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको अवधि २०८३ पुस मसान्तसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले कर्जा प्रवाह तथा वर्गीकरणसम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४८ संशोधन गर्दै बाढी प्रभावित ऋणीलाई यस्तो सुविधा दिएको हो। यस व्यवस्थाबाट बाढीका कारण व्यवसायमा असर परी कर्जा भुक्तानी गर्न कठिनाइ भोगिरहेका व्यवसायीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
श्रमिक शोषणदेखि मल अभावसम्म सरकारको ध्यानाकर्षण गराइन् सांसद ओलीले
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
सानिमा जिआईसी इन्स्योरेन्सको सिईओमा सुधुम्न प्रसाद उपाध्याय पुनः नियुक्त
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
कृतज्ञताको शक्ति: प्राप्त आशिष् र सफलताप्रति आभार व्यक्त गर्ने संस्कार
कृतज्ञताको शक्ति: प्राप्त आशिष् र सफलताप्रति आभार व्यक्त गर्ने संस्कार
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
स्वास्थ्य बीमा नवीकरणअघि परिवारका सबै सदस्यको केवाइसी अद्यावधिक अनिवार्य
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती
सरकारको स्वेच्छाचारिता सीमा नाघेको गगन थापाको आरोप, रास्वपालाई ठोस कदम चाल्न चुनौती

तपाईंले छुटाउनुभयो कि?