वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो

digitalchautari digitalchautari
|
सोमबार, भाद्र ८, २०८३
|
|
२.१K पटक हेरिएको
Shares
वाणिज्य बैंकहरूको नेट ट्रेडिङ आम्दानी १३ अर्ब नाघ्यो

सारांश

  • कर्जाको मागमा आएको सुस्तता र ब्याज आम्दानीमा परेको दबाबका बीच वाणिज्य बैंकहरूले वित्तीय बजारका अन्य उपकरणको कारोबारबाट आम्दानी बढाउन थालेका छन्।
  • सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा विनिमय तथा ट्रेजरी कारोबारबाट बैंकहरूले गैरब्याज आम्दानी उल्लेख्य रूपमा बढाएका हुन्।
  • गत आर्थिक वर्ष २०८२/८३ मा २० वाणिज्य बैंकले १३ अर्ब ११ करोड ४५ लाख रुपैयाँ नेट ट्रेडिङ आम्दानी गरेका छन्।

काठमाडौँ । कर्जाको मागमा आएको सुस्तता र ब्याज आम्दानीमा परेको दबाबका बीच वाणिज्य बैंकहरूले वित्तीय बजारका अन्य उपकरणको कारोबारबाट आम्दानी बढाउन थालेका छन्। सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा विनिमय तथा ट्रेजरी कारोबारबाट बैंकहरूले गैरब्याज आम्दानी उल्लेख्य रूपमा बढाएका हुन्।
गत आर्थिक वर्ष २०८२/८३ मा २० वाणिज्य बैंकले १३ अर्ब ११ करोड ४५ लाख रुपैयाँ नेट ट्रेडिङ आम्दानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको ९ अर्ब ३६ करोड ९२ लाख रुपैयाँको तुलनामा ३९.९७ प्रतिशत बढी हो।
बैंकहरूको ट्रेडिङ आम्दानी बढ्नुमा मुद्रा बजार, ट्रेजरी कारोबार र विदेशी विनिमय कारोबार मुख्य कारण बनेका छन्। यससँगै सेयर तथा अन्य वित्तीय उपकरणको कारोबारबाट पनि बैंकहरूले आम्दानी गरेका छन्।
नेपाल राष्ट्र बैंकले ‘नन–डेलिभरेबल फर्वार्ड’ (एनडीएफ) लगायतका वित्तीय साधनमा लगानीको दायरा विस्तार गरेपछि केही बैंकको ट्रेडिङ आम्दानी थप बढेको देखिएको छ। सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा लगायत वित्तीय साधनको खरिद–बिक्रीबाट भएको नाफा तथा घाटा समायोजन गरेपछि प्राप्त खुद रकमलाई नेट ट्रेडिङ आम्दानी भनिन्छ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा २० वाणिज्य बैंकको कुल नाफा करिब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूको कुल नाफा ३२.३२ प्रतिशतले बढेको हो।
ट्रेडिङ आम्दानीतर्फ कृषि विकास बैंकबाहेक सबै वाणिज्य बैंकले वृद्धि गरेका छन्। रकमका आधारमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ। बैंकले ट्रेडिङबाट करिब १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.२३ प्रतिशत बढी हो।
त्यस्तै, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ट्रेडिङ तथा सम्बन्धित गैरब्याज आम्दानीबाट एक अर्ब रुपैयाँभन्दा बढी कमाएका छन्।
वृद्धिदरका आधारमा राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिएको छ। बैंकको नेट ट्रेडिङ आम्दानी एक वर्षमा १३८.९३ प्रतिशतले वृद्धि भएको छ। भने कृषि विकास बैंकको ट्रेडिङ आम्दानी ७२.७२ प्रतिशतले घटेको छ।

कर्जाको मागमा सुस्तता र ब्याज आम्दानीमा दबाब कायम रहेका बेला ट्रेडिङ तथा अन्य गैरब्याज आम्दानीका स्रोत बैंकहरूको नाफा वृद्धि गर्ने महत्वपूर्ण आधार बनेका छन्। यसले वित्तीय बजारका विभिन्न उपकरणमा बैंकहरूको सक्रियता बढ्दै गएको समेत देखाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित एभरेष्ट हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
गाजामा शव गाड्न समेत पाइन छाड्यो ठाउँ
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
दसैंमा यसपटक दुई सरकारी सुविधा नहुने, खसी–च्याङ्ग्रादेखि नयाँ नोटसम्म रोकियो
रसुवा बाढीपीडितका लागि UYN मेलम्ची–९ द्वारा ४६ हजारभन्दा बढी राहत रकम जम्मा
रसुवा बाढीपीडितका लागि UYN मेलम्ची–९ द्वारा ४६ हजारभन्दा बढी राहत रकम जम्मा
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
५५ किलोमिटर सडक ध्वस्त भएपछि सरकारको आपत्कालीन पुनर्निर्माण सुरु
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने

तपाईंले छुटाउनुभयो कि?