जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
१.६K पटक हेरिएको
Shares
जीवन बीमाको बजारमा बागमतीको दबदबा, साउनमै १३ अर्बभन्दा बढी बीमाशुल्क संकलन

सारांश

  • चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्।
  • नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल २६ अर्ब ६२ करोड २० लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
  • प्राधिकरणले सार्वजनिक गरेको प्रदेशगत तथा बीमालेखको प्रकारअनुसारको विवरणमा जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल २६ अर्ब ६२ करोड २० लाख २९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।
प्राधिकरणले सार्वजनिक गरेको प्रदेशगत तथा बीमालेखको प्रकारअनुसारको विवरणमा जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।
साउनमा सावधिक जीवन बीमाबाट मात्रै १३ अर्ब १९ करोड ३४ लाख १४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो कुल बीमाशुल्कको करिब ४९.५६ प्रतिशत हो।
त्यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट ४ अर्ब ८४ करोड ४९ लाख ६१ हजार रुपैयाँ, रूपान्तरित सावधिक जीवन बीमाबाट २ अर्ब ७९ करोड ४८ लाख ३५ हजार रुपैयाँ तथा बालबच्चासम्बन्धी सावधिक जीवन बीमाबाट ३ अर्ब ५५ करोड ६ लाख ६४ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट २९ करोड ४९ लाख ६९ हजार रुपैयाँ, आजीवन जीवन बीमाबाट १ अर्ब ५२ करोड ३० लाख ९७ हजार रुपैयाँ र एकल बीमाशुल्क जीवन बीमाबाट ७१ करोड ५२ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
यसैगरी, म्यादी जीवन बीमाबाट १२ करोड ४० लाख ४२ हजार रुपैयाँ, लघु जीवन बीमाबाट २५ करोड ३४ लाख २५ हजार रुपैयाँ र अन्य जीवन बीमाबाट ३२ करोड ३३ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।
बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा
प्रदेशगत रूपमा हेर्दा साउनमा जीवन बीमा व्यवसायमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। बागमतीमा मात्रै विभिन्न प्रकारका जीवन बीमालेखबाट १३ अर्ब ११ करोड ३७ लाख ३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यसपछि लुम्बिनी प्रदेशमा ३ अर्ब ६४ करोड २० लाख ५ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ।
त्यस्तै, कोशी प्रदेशबाट ३ अर्ब ८ करोड ३७ लाख २ हजार रुपैयाँ, गण्डकी प्रदेशबाट २ अर्ब ५३ करोड ८१ लाख ३१ हजार रुपैयाँ र मधेश प्रदेशबाट २ अर्ब १२ करोड ३२ लाख ८९ हजार रुपैयाँ बीमाशुल्क आर्जन भएको छ।
सुदूरपश्चिम प्रदेशबाट १ अर्ब ३७ करोड ५८ लाख ३९ हजार रुपैयाँ तथा कर्णाली प्रदेशबाट ७४ करोड ५३ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको तथ्यांकले देखाएको छ।
यसरी चालु आर्थिक वर्षको सुरुवातमै जीवन बीमा व्यवसायले २६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको छ भने कुल व्यवसायमा बागमती प्रदेशको योगदान अन्य प्रदेशको तुलनामा निकै ठूलो देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
सेयर बजार सुधारका लागि आगामी साताभित्र विशेष प्याकेज ल्याइने
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
घर किन्न चाहनेका लागि खुशीको खबर: सामाजिक सुरक्षा कोषले कर्जा सीमा बढाएर १ करोड ५० लाख पुर्‍यायो
मोबाइलको अत्यधिक प्रयोगले घाँटीदेखि आँखासम्म असर, ‘टेक नेक’बाट बच्न विशेषज्ञको यस्तो सुझाव
मोबाइलको अत्यधिक प्रयोगले घाँटीदेखि आँखासम्म असर, ‘टेक नेक’बाट बच्न विशेषज्ञको यस्तो सुझाव
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति
सिराहा घटनाकाे बारेमा भ्रम छर्न खोजिएकाे भन्दै शिक्षामन्त्री पोखरेलकाे आपत्ति
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो  नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
९ महिनामा वाणिज्य बैंकको नाफा १९.३ प्रतिशतले बढ्यो नबिल पहिलो, कुमारी बैंकको नाफामा १३६१ प्रतिशतको ‘जम्प’
धार्मिक सहिष्णुता र नेपाली समाज: विविधताभित्रको मौलिक एकताको नमुना
धार्मिक सहिष्णुता र नेपाली समाज: विविधताभित्रको मौलिक एकताको नमुना
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
इन्द्रावती  गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।
इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।

तपाईंले छुटाउनुभयो कि?