विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै

डिजिटल चौतारी डिजिटल चौतारी
|
शनिबार, जेठ २, २०८३
|
|
२६० पटक हेरिएको
Shares
विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र अमेरिका भिड्दै

सारांश

  • आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ ।
  • खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।
  • नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ ।

नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ । यो शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्याण्डले लगातार दुई जित निकालेपछि दोस्रोमा झरेको हो । स्कटल्याण्ड ३० खेलमा ३८ अंक जोडेर शीर्षस्थानमा छ ।

कीर्तिपुरमा यसअघि मंगलबार र बिहीबार भएको खेलमा स्कटल्याण्डले नेपाल र अमेरिकालाई समान २ रनले हराएको थियो । नेपाल र अमेरिका अहिलेसम्म एकदिवसीय खेलमा ११ पटक खेलेका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एउटा खेल टाई भएको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा जेठ ४ गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ ८ गते अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
इन्द्रावती गाउँपालिकास्तरीय डिजिटल हाजिरीजवाफमा कमलादेवी मावि प्रथम
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
निक्षेप बढ्यो, कर्जा विस्तार सुस्तिँदा बैंकिङ प्रणालीमा बढ्दै असन्तुलन
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
१० दिन सुरुङभित्र फसेका कविरको जीवितै उद्धार, परिवारमा छायो खुसी
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
अमेरिकाको प्रतिबन्धको प्रतिकार गर्ने इरानको चेतावनी, व्यापारिक साझेदारलाई पनि साथ दिन आग्रह
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
रसुवा बाढीपीडितलाई चौतारा साँगाचोकगढीको ३५ लाख सहयोग
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
मेलम्ची पुनर्जागरण र लोडसेडिङ अन्त्यका अभियन्ता सागरकुमार श्रेष्ठ खुल्लातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग
बाढीपहिरो पीडितका लागि वेस्ट मन्टेसरी थली द्वारा प्रधानमन्त्री दैवी उद्धार कोषमा ५५ हजारभन्दा बढी सहयोग

तपाईंले छुटाउनुभयो कि?