विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए

digitalchautari digitalchautari
|
सोमबार, जेठ ४, २०८३
|
|
९६१ पटक हेरिएको
Shares
विद्यालयको लापरबाहीले २ वर्षीय बालक पाँच घण्टा । कक्षाकोठामै थुनिए

सारांश

  • रविन दनुवार सिन्धुपाल्चोक — श्री इन्द्रावती आधारभूत विद्यालय को सामान्य लापरबाहीका कारण प्ले ग्रुप (PG) मा अध्ययनरत २ वर्षीय बालक विद्यालयकै कक्षाकोठामा थुनिएको अवस्थामा फेला परेका छन्।
  • इन्द्रावती गाउँपालिका–१२ भाङ्टार निवासी अर्जुन दनुवारका २ वर्षीय छोरा अस्विन दनुवार मंगलबार राति करिब ८ बजे विद्यालयको कक्षाकोठाभित्र सुतेको अवस्थामा फेला परेका हुन्।
  • विद्यालयका कार्यालय सहयोगीले कक्षाकोठाभित्र राम्ररी जाँच नगरी ताला लगाएपछि बालक भित्रै थुनिएका थिए।

रविन दनुवार
सिन्धुपाल्चोक — श्री इन्द्रावती आधारभूत विद्यालय को सामान्य लापरबाहीका कारण प्ले ग्रुप (PG) मा अध्ययनरत २ वर्षीय बालक विद्यालयकै कक्षाकोठामा थुनिएको अवस्थामा फेला परेका छन्।
इन्द्रावती गाउँपालिका–१२ भाङ्टार निवासी अर्जुन दनुवारका २ वर्षीय छोरा अस्विन दनुवार मंगलबार राति करिब ८ बजे विद्यालयको कक्षाकोठाभित्र सुतेको अवस्थामा फेला परेका हुन्। विद्यालयका कार्यालय सहयोगीले कक्षाकोठाभित्र राम्ररी जाँच नगरी ताला लगाएपछि बालक भित्रै थुनिएका थिए।
साँझ करिब ६ बजेसम्म पनि बालक घर नपुगेपछि गाउँभर खोजी सुरु गरिएको थियो। खेतीपातीको समयमा अभिभावक व्यस्त रहने भएकाले बालकको तत्काल निगरानी हुन नसकेको स्थानीयले बताएका छन्।
बालककी आमा मिना दनुवारका अनुसार साँझ ६ बजेदेखि खोजी सुरु गरिएको थियो। “राति करिब ८ बजे विद्यालयको कक्षाकोठा खोलेर हेर्दा बच्चा भित्रै सुतेको अवस्थामा भेटियो,” उनले भनिन्।
विद्यालयले विद्यार्थीलाई सुरक्षित रूपमा घर पठाउने व्यवस्था मिलाएको भए यस्तो घटना नहुने उनको गुनासो छ। “बच्चा रातिसम्म भोक र प्यासै कक्षाकोठामा थुनिनुपरेको अवस्था दुःखद हो,” उनले बताइन्।
विद्यालयका प्रधानाध्यापक माधव प्रसाद नेपाल ले आफ्नो शैक्षिक जीवनमा पहिलो पटक यस्तो घटना व्यहोर्नुपरेको बताए। विद्यालय प्रशासनबाट सामान्य त्रुटि भएको स्वीकार गर्दै उनले अबदेखि यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
प्रधानाध्यापक नेपालले विद्यार्थीको सुरक्षा र संरक्षणलाई थप प्रभावकारी बनाउन शिक्षक तथा कर्मचारीलाई जिम्मेवार र सचेत बनाइने पनि बताए।
उक्त घटना गएराति भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र
काठमाडौंमा क्याच एन्ड सर्भ बल नेपालको राष्ट्रिय भेला, ‘चुलोचौकादेखि खेल मैदानसम्म’ अभियान तीव्र
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
आर्थिक वर्ष २०८२/८३ मा बैंकिङ क्षेत्रको नाफा ३२.२७% ले बढ्यो: नबिल पहिलो, हिमालयन र कुमारीको आक्रामक पुनरागमन
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
भ्रष्टाचार नियन्त्रण सरकारकै प्राथमिक जिम्मेवारी : प्रधानमन्त्री कार्की
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
कांग्रेसको निर्णय : १४औँ महाधिवेशनबाट निर्वाचितले फेरि पाए केन्द्रीय सदस्यको हैसियत
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
फेरि तोकियो दक्षिण एसियाली खेलकुदको मिति, सहभागी होला भारत?
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना

तपाईंले छुटाउनुभयो कि?