भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
४२० पटक हेरिएको
Shares
भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा आएको भूकम्पपछि हिमपहिरो खसेका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।
  • प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए।
  • भूकम्पपछि हिमपहिरो खसेको र त्यसकै कारण बाढी आएको हुनसक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनको भनाइ छ।

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा आएको भूकम्पपछि हिमपहिरो खसेका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए। भूकम्पपछि हिमपहिरो खसेको र त्यसकै कारण बाढी आएको हुनसक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनको भनाइ छ।

‘प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,’ मन्त्री खनालले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ।’

उनका अनुसार बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा क्षति पुगेको छ।

मन्त्री खनालले घटनामा परी केही नेपालीले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको पनि संसदलाई जानकारी गराए। उनका अनुसार बिहान करिब ८ बजेर ४० मिनेटमा बाढी आएको थियो।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन तथा घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सरकारले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
गरिमा विकास बैंकको नाफा ३५.३४ प्रतिशतले बढ्यो, खुद नाफा १ अर्ब ६८ करोड ८७ लाख रुपैयाँ
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
इष्ट–पोल सेकेन्डरी स्कुल ‘क’ श्रेणीमा सूचीकृत
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
भोटेकोशी बाढीपीडितलाई लायन्स क्लबद्वारा १६ लाखको राहत
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
देउवालाई छाडेर गगनको बैठकमा पुगे नेताहरू, को–को पुगे सानेपा ?
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली

तपाईंले छुटाउनुभयो कि?