snamai single page

बालेनको भारत भ्रमणअघि विद्युत् व्यापारमा महत्वपूर्ण निर्णय, नेपालले ३५० मेगावाट बिजुली किन्न पाउने

डिजिटल चौतारी डिजिटल चौतारी
|
मंगलबार, मंसिर १, २०८३
|
|
६.७K पटक हेरिएको
Shares
बालेनको भारत भ्रमणअघि विद्युत् व्यापारमा महत्वपूर्ण निर्णय, नेपालले ३५० मेगावाट बिजुली किन्न पाउने

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति पाएको छ।
  • भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् खरिद गर्न नेपाललाई स्वीकृति दिएको हो।
  • प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आगामी आइतबारदेखि हुने भारतको राजकीय भ्रमणअघि भारतले नेपाललाई विद्युत् आयात तथा निर्यातको अनुमति दिएको हो।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् खरिद गर्न नेपाललाई स्वीकृति दिएको हो।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आगामी आइतबारदेखि हुने भारतको राजकीय भ्रमणअघि भारतले नेपाललाई विद्युत् आयात तथा निर्यातको अनुमति दिएको हो।

प्राप्त अनुमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ (१७ नोभेम्बर २०२६ देखि ३१ जुलाई २०२७) सम्म भारतबाट विद्युत् आयात गर्न सक्नेछ। तर बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा मात्रै आईईएक्स बजारबाट विद्युत् खरिद गर्न पाइनेछ।

विद्युत् आयातका लागि विभिन्न चारवटा प्रसारण लाइन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट थप ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत्को माग र आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताएका छन्।

रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यसले विद्युत् आपूर्ति व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ।

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणले यस वर्ष पुसदेखि चैतसम्म आन्तरिक उत्पादनभन्दा विद्युत्को माग बढी हुने देखाएको छ। उक्त अवधिमा भारतबाट विद्युत् आयात गरेर माग व्यवस्थापन गर्नुपर्ने अवस्था छ।

विशेषगरी माघ र फागुन महिनामा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ। त्यस्तै, विद्युत्को उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ। पुस र चैत महिनामा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान गरिएको छ।

आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाने र जलविद्युत् आयोजनाको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। त्यसपछि भारतबाट हुने विद्युत् आयात क्रमशः घट्दै जाने र पुनः विद्युत् निर्यात सुरु गर्न सकिने प्राधिकरणको अनुमान छ।

५६ मेगावाट विद्युत् निर्यात गर्न पनि अनुमति

यसैबीच, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मा बिक्री गर्नसमेत अनुमति पाएको छ।

प्राधिकरणले १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त परिमाणको विद्युत् भारतमा निर्यात गर्न सक्नेछ।

यससँगै एकातिर हिउँदयाममा भारतबाट आवश्यक विद्युत् आयात गर्ने र अर्कोतर्फ उपलब्ध उत्पादनको उपयोग गर्दै विद्युत् निर्यातलाई निरन्तरता दिने बाटो खुलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको सुरुवात
१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि
१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
एनएफआरएस १७ तत्काल लागू गर्न बीमक असमर्थ, समय थप्ने प्रस्ताव बोर्डमा लैजाँदै प्राधिकरण
एनएफआरएस १७ तत्काल लागू गर्न बीमक असमर्थ, समय थप्ने प्रस्ताव बोर्डमा लैजाँदै प्राधिकरण
जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण
जनसुधार आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर, ३ सयभन्दा बढीको परीक्षण
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गरिने
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

तपाईंले छुटाउनुभयो कि?