snamai single page

जीवन बीमामा बढ्यो प्रतिस्पर्धा, तीन महिनामै भित्रियो ५७ अर्ब

डिजिटल चौतारी डिजिटल चौतारी
|
सोमबार, कार्तिक ३०, २०८३
|
|
७.५K पटक हेरिएको
Shares
जीवन बीमामा बढ्यो प्रतिस्पर्धा, तीन महिनामै भित्रियो ५७ अर्ब

सारांश

  • चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ।
  • समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल ५७ अर्ब १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।
  • गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम १६.

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले कुल ५७ अर्ब १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो रकम १६.८१ प्रतिशतले बढी हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए। यस वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीहरूको बीमाशुल्क आर्जनमा ८ अर्ब २० करोड रुपैयाँभन्दा बढी वृद्धि भएको छ।

कम्पनीगत रूपमा हेर्दा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्दै आफ्नो अग्रस्थान कायम राखेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १४ अर्ब ७१ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ संकलन गरेको थियो। यसअनुसार नेपाल लाइफको बीमाशुल्क आर्जन १०.०८ प्रतिशतले वृद्धि भएको हो।

खुद बीमाशुल्क आर्जनका आधारमा नेशनल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीले असोज मसान्तसम्म ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको आर्जन यस वर्ष ३०.१३ प्रतिशतले बढेको हो।

त्यस्तै, एलआईसी नेपालले ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दै तेस्रो स्थान हासिल गरेको छ। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ अर्ब ९६ करोड २९ लाख रुपैयाँ आर्जन गरेको थियो। यस वर्ष कम्पनीको बीमाशुल्क आर्जनमा ९.५६ प्रतिशतको वृद्धि देखिएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा ५ अर्ब ३ करोड ६१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको तुलनामा यी कम्पनीको आर्जन क्रमशः १६.४२ प्रतिशत र ६.९८ प्रतिशतले बढेको छ।

यसैगरी, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ५४ करोड ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। एशियन लाइफले २ अर्ब ७७ करोड २२ लाख र सिटिजन लाइफले २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ संकलन गरेका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यी कम्पनीको बीमाशुल्क आर्जन क्रमशः २१.२८ प्रतिशत, २१.३८ प्रतिशत र १६.८२ प्रतिशतले वृद्धि भएको छ।

सानिमा रिलायन्स लाइफले २ अर्ब १९ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्दा आईएमई लाइफले २ अर्ब १८ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ। यी दुई कम्पनीको आर्जनमा थोरै मात्र अन्तर देखिएको छ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ, मेटलाइफले १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्।

यता, बीमाशुल्क आर्जनको वृद्धिदरका आधारमा भने आईएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४२.४५ प्रतिशतले आफ्नो बीमाशुल्क आर्जन बढाएको छ।

वृद्धिदरका आधारमा प्रभु महालक्ष्मी लाइफ दोस्रो स्थानमा रहेको छ। कम्पनीको खुद बीमाशुल्क आर्जन ३०.३० प्रतिशतले बढेको छ। त्यस्तै, नेशनल लाइफले ३०.१३ प्रतिशतको वृद्धि हासिल गरेको छ।

समीक्षा अवधिमा सबैभन्दा कम खुद बीमाशुल्क आर्जन गर्ने कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। कम्पनीले असोज मसान्तसम्म १ अर्ब २४ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको आर्जन १ अर्ब ४ करोड १४ लाख रुपैयाँ थियो। यसअनुसार सन नेपाल लाइफको बीमाशुल्क आर्जन पनि १९.६८ प्रतिशतले बढेको छ।

समग्र तथ्यांकले जीवन बीमा क्षेत्रमा बीमाशुल्क आर्जन निरन्तर बढिरहेको देखाएको छ। कुल आर्जनका आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहँदा व्यवसाय विस्तारको गतिमा भने आईएमई लाइफले अन्य कम्पनीलाई पछि पारेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७
काठमाडौंमा बसोबास गर्ने वडावासीका लागि सेवा प्रदान गर्दै मेलम्ची -७
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
त्रिभुवन विश्वविद्यालयका ५९७ शिक्षक अध्ययन बिदा लिएर विदेश पलायन, कडाइका साथ कारबाही गर्ने तयारी
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
कङ्गोमा विश्वसनीय युद्धविराम अनुगमनका लागि संयुक्त राष्ट्र संघका मिसन प्रमुख स्वानकाे आग्रह
प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ
प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’
रसुवामा बाढी : तीन प्रहरी चौकी बग्यो, ३५ प्रहरी सम्पर्कविहीन
रसुवामा बाढी : तीन प्रहरी चौकी बग्यो, ३५ प्रहरी सम्पर्कविहीन
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
वाणिज्य बैंकहरूको औसत ब्याजदर भदौमा पनि घट्यो, ५ बैंकले घटाए (सूचिसहित)
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?