इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २८, २०८३
|
|
४७९ पटक हेरिएको
Shares
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै

सारांश

  • साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।
  • लाइट रंगशालामा शनिबार राति भएकाे खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको सन्डरल्यान्डविरुद्ध २–० गाेलको सहज जित निकालेको हो।
  • पाहुना टोली आर्सनललाई जित दिलाउन ब्रुनो गुइमारेस र बुकायो साकाले एक–एक गोल गरेका छन् ।

काठमाडौं । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ।

लाइट रंगशालामा शनिबार राति भएकाे खेलमा आर्सनलले १० खेलाडीमा समेटिएको सन्डरल्यान्डविरुद्ध २–० गाेलको सहज जित निकालेको हो। पाहुना टोली आर्सनललाई जित दिलाउन ब्रुनो गुइमारेस र बुकायो साकाले एक–एक गोल गरेका छन् । खेलको ५६औँं मिनेटमा एन्जो ले फे पेनाल्टीमा चुक्दा सन्डरल्यान्डले अग्रता लिने अवसर गुमाएको थियो । उनको प्रहारलाई आर्सनलका गोलकिपर डेविड रायाले बिफल पारेका छन्।

त्यसको दुई मिनेटपछि नै गुइमारेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा डिफेन्डर रेइनिल्डो मान्डाभाले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि सन्डरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । इन्जुरी टाइममै साकाले पेनाल्टीमार्फत आर्सनलाका लागि दोस्रो गोल गरेका हुन् । याे जितसँगै चार खेलबाट १२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेकाे छ । पराजित सन्डरल्यान्ड समान खेलबाट चार अंकका साथ १४औँ स्थानमा रहेकाे हाे ।

शनिबारै सम्पन्न अन्य खेलमा इप्सवीच टाउनले क्रिस्टल प्यालेसलाई ३-२ र नटिङघम फरेस्टले एस्टन भिल्लालाई २–१ गाेलले पराजित गरेका छन् । त्यसैगरी, लिभरपुल फुहलम तथा टोटनहम एभरटनसँग गोलरहित र बर्नमाउथ ब्रेन्टफोर्ड तथा चेल्सीले हल सिटीसँग २-२ गाेलको बराबरी खेलेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
आजदेखि तिहार सुरु, धनतेरस मनाइँदै
डाइभर्सन बगाएपछि बीपी राजमार्ग खुल्न अझै समय लाग्ने
डाइभर्सन बगाएपछि बीपी राजमार्ग खुल्न अझै समय लाग्ने
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सिडीईसीएफ नेपालको अध्यक्षमा पुन:थापा पाण्डव अधिकारी
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सुरक्षित मातृत्व र महिला स्वास्थ्य: गाउँ–गाउँमा स्वास्थ्य परामर्श तथा सचेतना शिविर
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
नेपाल बीमा प्राधिकरणको कडा निर्देशन: बीमालाई ‘फिक्स डिपोजिट’ वा ‘डबल मनी’ भनेर बेच्न नपाइने
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी
सिन्धुपाल्चोकको ऐसेलुखर्क माध्यमिक विद्यालयमा वृक्षरोपण, विद्यार्थीलाई नै संरक्षणको जिम्मेवारी

तपाईंले छुटाउनुभयो कि?