मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’

digitalchautari digitalchautari
|
बुधबार, भाद्र २४, २०८३
|
|
६४६ पटक हेरिएको
Shares
मन्त्री यादवको विस्फोटक आरोप : ‘कर्मचारीले उद्योगीको कुरा मान्छन्, सरकारको निर्देशन मान्दैनन्’

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले आफ्नै मन्त्रालयका कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन्।
  • उनले कर्मचारीहरूले उद्योगी–व्यवसायीसँग मिलेमतो गरेर काम गर्ने र आफूले सुधारका लागि दिएको निर्देशनसमेत बेवास्ता गर्ने गरेको बताएकी हुन्।
  • बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगीको स्वार्थअनुकूल विधेयक र कानुन बनाउने गरेको आरोप कर्मचारीमाथि लगाइन्।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले आफ्नै मन्त्रालयका कर्मचारीमाथि गम्भीर आरोप लगाएकी छन्। उनले कर्मचारीहरूले उद्योगी–व्यवसायीसँग मिलेमतो गरेर काम गर्ने र आफूले सुधारका लागि दिएको निर्देशनसमेत बेवास्ता गर्ने गरेको बताएकी हुन्।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगीको स्वार्थअनुकूल विधेयक र कानुन बनाउने गरेको आरोप कर्मचारीमाथि लगाइन्। आफूले त्यस्ता प्रावधान परिवर्तन गर्न निर्देशन दिँदा कर्मचारीले पटक–पटक ‘मिल्दैन’ भन्दै असहयोग गर्ने गरेको उनको गुनासो थियो।

‘तपाईं १० चोटि भन्नुस्, मिल्दैन भनेर भन्छ। जे उद्योगीहरूले भन्छ, त्यही राख्न भन्छ,’ मन्त्री यादवले भनिन्। कर्मचारीतन्त्रकै असहयोगका कारण बलियो सरकार हुँदासमेत आफूले चाहेजस्तो सुधार गर्न नसकेको उनको दाबी छ।

मन्त्री यादवले नेपालमा ग्यास उद्योगको संख्या आवश्यकताभन्दा निकै बढी रहेको भन्दै ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको बताइन्। उनका अनुसार दुई वटासम्म ग्यास उद्योग भए पर्याप्त हुने र उद्योगको संख्या घटाएर आपूर्ति प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ।

ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूमाथि कडाइ गर्नुपर्ने धारणा राख्दै उनले भनिन्, ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’ उनले आयल निगमको मातहतमा ग्यास उद्योग राख्नुपर्ने प्रस्तावसमेत अघि सारेकी छन्।

मन्त्री यादवले नेपाललाई ग्यास, तेल, कपडा, चिनी र खाद्यान्नजस्ता आधारभूत वस्तुमा आत्मनिर्भर बनाउनुपर्ने बताइन्। साथै, तयारी वस्तु आयात सस्तो हुने तर स्वदेशी उद्योगका लागि आवश्यक कच्चा पदार्थ महँगो पर्ने भन्सार नीतिका कारण नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसकेको भन्दै नीतिगत सुधार आवश्यक रहेको बताइन्।

कर्मचारीतन्त्र सुधार्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले लोक सेवाबाट आएका कर्मचारीको क्षमता सही दिशामा प्रयोग हुन नसकेको टिप्पणी गरिन्। ‘एक्लै तपाईं केही पनि गर्न सक्नुहुन्न। यो कर्मचारीतन्त्रलाई सुधार्नुपर्ने बेला आएको छ,’ उनले भनिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, प्रदेश प्रमुख बिष्टले दिए यस्तो सन्देश
रिलायबल नेपाल लाइफका उत्कृष्ट अभिकर्ता सम्मानित, प्रदेश प्रमुख बिष्टले दिए यस्तो सन्देश
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
बालेनको भनाइ संसदीय रेकर्डबाट हटाउन एमालेको माग
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने
कांग्रेसको विशेष महाधिवेशन विवादमा सर्वोच्चको नयाँ मोड
कांग्रेसको विशेष महाधिवेशन विवादमा सर्वोच्चको नयाँ मोड
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै
नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक रुट खोजिँदै
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
पाँचपोखरी थाङ्पालमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, समस्या समाधानमा जोड
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो : शंकर पोखरेल
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित
न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

तपाईंले छुटाउनुभयो कि?