शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

digitalchautari digitalchautari
|
शनिबार, श्रावण ३०, २०८३
|
|
३३६ पटक हेरिएको
Shares
शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

सारांश

  • शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
  • मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ।
  • विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।

मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ।

शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
इन्द्रावतीमा डिजिटल हाजिरीजवाफ: नवलपुर मावि बन्यो प्रथम
आशा र विश्वासको सन्देश: जीवनका कठिन घडीहरूमा धैर्य र भरोसा
आशा र विश्वासको सन्देश: जीवनका कठिन घडीहरूमा धैर्य र भरोसा
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
प्रदेश बजेटमा कडाइ: बागमतीले २० लाखभन्दा कमका खानेपानी र ५० लाखभन्दा कमका पूर्वाधार योजना नसमेट्ने
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
हेलम्बुमा ३ दिने आधारभूत मौरी पालन तालिम सम्पन्न
हेलम्बुमा ३ दिने आधारभूत मौरी पालन तालिम सम्पन्न
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
रसुवामा बाढीपछि उद्धार तीव्र, विभिन्न युनिटबाट सशस्त्र प्रहरी परिचालन
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

तपाईंले छुटाउनुभयो कि?