१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि

digitalchautari digitalchautari
|
आइतबार, बैशाख १३, २०८३
|
|
७६६ पटक हेरिएको
Shares
१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि

सारांश

  • नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको दर्ता खारेज गरेको छ।
  • नेपाली नागरिकता परित्याग गरी विभिन्न मुलुकको नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।
  • काउन्सिलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम उक्त निर्णय गरिएको जनाएको छ।

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विभिन्न मुलुकको नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।

काउन्सिलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम उक्त निर्णय गरिएको जनाएको छ। काउन्सिलका अनुसार निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भइसकेको छ।

दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ।

खारेज सूचीमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोशन केसी, डा. ममता गुरुङ, डा. राजिव हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।

त्यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको नाम पनि दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार नेपाली नागरिकका रूपमा दर्ता भएका चिकित्सकले विदेशी नागरिकता लिएपछि नेपालको कानुनअनुसार उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
कांग्रेस महाधिवेशन प्रतिनिधिमा अनुप न्यौपानेको उम्मेदवारी
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
सुर्खेतको होटलबाट विष्णु पौडेललाई प्रहरीले लग्यो नेपालगञ्ज
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
जानकी फाइनान्स र सिन्धु विकास बैंकको सेयरमा भारी गिरावट, मुक्तिनाथसँगको प्राप्ति प्रक्रिया अघि बढेपछि लगानीकर्ता झस्किए
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
बाढी प्रभावित विद्यालयमा कक्षा सञ्चालनअघि विद्यार्थीलाई मनोसामाजिक परामर्श अनिवार्य
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट

तपाईंले छुटाउनुभयो कि?