टिमुरे बजारमा आकस्मिक बाढीको ठूलो क्षति, धेरै घर बगाए

digitalchautari digitalchautari
|
बुधबार, भाद्र १०, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
टिमुरे बजारमा आकस्मिक बाढीको ठूलो क्षति, धेरै घर बगाए

सारांश

  • रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ।
  • बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा रहेका धेरै घर तथा संरचना बगाएको प्रहरीले जनाएको छ।
  • प्रारम्भिक विवरणअनुसार बजारमा ५ देखि ७ वटा घर मात्रै बाँकी रहेको बताइएको छ।

रसुवा । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ।
बुधबार बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्तीमा रहेका धेरै घर तथा संरचना बगाएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार बजारमा ५ देखि ७ वटा घर मात्रै बाँकी रहेको बताइएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। उद्धार तथा क्षतिको विवरण संकलनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाढीका कारण इलाका प्रहरी कार्यालय टिमुरेमा समेत असर परेको छ। कार्यालयमा कार्यरत १५ जना प्रहरीमध्ये हालसम्म ८ जना मात्रै सम्पर्कमा आएका डीआईजी रेग्मीले जानकारी दिए।
बाँकी प्रहरीको अवस्था र बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।
बाढीको कारण टिमुरे बजार क्षेत्रमा ठूलो क्षति पुगेपछि स्थानीयवासी त्रसित बनेका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न  राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमामा आबद्धता र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३० प्रतिशत वृद्धि
सानिमा रिलायन्स लाइफको नाफा बढ्यो, जीवन बीमा कोषमा ३० प्रतिशत वृद्धि
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
सर्वोच्चले न्याय दिनेमा देउवा विश्वस्त, ‘रुख चिन्ह र चारतारे झण्डा हामीले नै पाउँछौँ’
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब ४० अर्ब बीमाशुल्क, नेपाल लाइफ शीर्षमा
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस् : रवि लामिछाने
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
संस्थापन पक्षसँग सहमति नजुटेपछि कांग्रेस इतर समूहले राष्ट्रिय भेला बोलाउने
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
एसियाली खेलकुदमा टेबल टेनिस व्यवस्थापकको नाम हटाएपछि संघ असन्तुष्ट
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स

तपाईंले छुटाउनुभयो कि?