बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

digitalchautari digitalchautari
|
बिहिबार, आश्विन १, २०८३
|
|
१.८K पटक हेरिएको
Shares
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

सारांश

  • नेपाल बीमा प्राधिकरणले जीवन बीमासहितका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
  • प्राधिकरणले यसअघि नै बीमा कारोबारमा राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्न बीमकहरूलाई निर्देशन दिएको थियो।
  • २०८१ असार १४ गते जारी परिपत्रअनुसार २०८१ माघ १ गतेदेखि सबैखाले बीमा कारोबारमा बीमितको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अनिवार्य गर्ने व्यवस्था गरिएको थियो।

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमासहितका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
प्राधिकरणले यसअघि नै बीमा कारोबारमा राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्न बीमकहरूलाई निर्देशन दिएको थियो। २०८१ असार १४ गते जारी परिपत्रअनुसार २०८१ माघ १ गतेदेखि सबैखाले बीमा कारोबारमा बीमितको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अनिवार्य गर्ने व्यवस्था गरिएको थियो।
तर, व्यवहारिक कठिनाइ देखाउँदै बीमा कम्पनीहरूले यसको पूर्ण कार्यान्वयन गर्न सकेका थिएनन्। कतिपय कम्पनीले आंशिक रूपमा मात्रै व्यवस्था लागू गर्दै आएका छन्।
सरकारले बैंक तथा वित्तीय संस्थामा सेवा लिन तथा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था अघि बढाएपछि बीमा क्षेत्रमा पनि यसको कार्यान्वयनका लागि नियामकीय दबाब बढेको छ।
बीमा कम्पनीको फरक तर्क
बीमा कम्पनीहरूले भने बैंकिङ सेवा र बीमाको प्रकृति फरक भएकाले सुरुदेखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा व्यवहारिक समस्या आउन सक्ने तर्क गरेका छन्।
बीमकहरूका अनुसार बैंकमा ग्राहक आफैं सेवा लिन पुग्छन्। तर जीवन बीमाको हकमा बीमा अभिकर्ताले सम्भावित ग्राहक खोज्दै घरघरमा पुगेर बीमा गराउनुपर्ने अवस्था हुन्छ।
बीमा कम्पनीहरूले बीमा खरिद गर्ने बेलामै आवश्यक कागजात तथा दाबी प्रक्रियाबारे जानकारी दिने र दाबी भुक्तानीको समयमा आवश्यक कागजात अनिवार्य गर्ने व्यवस्था बढी व्यवहारिक हुने धारणा राखेका छन्।
एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार बैंकिङ सेवा लिन ग्राहक आफैं शाखामा पुग्ने भए पनि जीवन बीमामा अवस्था फरक छ। उनका अनुसार बीमा अभिकर्ताले सम्भावित ग्राहक खोज्दै घरघर पुग्नुपर्ने भएकाले सुरुदेखि नै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा बीमा विस्तारमा असर पर्न सक्छ।
प्राधिकरणको जोड पहिचान र सम्पत्ति शुद्धीकरणमा
प्राधिकरणसम्बद्ध स्रोतका अनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने विषयमा नीतिगत निर्णयको तयारी भइरहेको छ।
बीमितको वास्तविक पहिचान सुनिश्चित गर्न तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन राष्ट्रिय परिचयपत्र आवश्यक रहेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ।
तर, राष्ट्रिय परिचयपत्र नबनाएका तथा विदेशमा रहेका नेपाली नागरिकलाई भने यस व्यवस्थाले थप समस्या पार्न सक्ने देखिन्छ। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नागरिकले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न नसक्दा जीवन बीमासहित बैंकिङ तथा अन्य वित्तीय सेवामा समेत अवरोध आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
एमाले बागमती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला, ८ प्रस्ताव पारित
भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन
इन्द्रावती  गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।
इन्द्रावती गाँउपालिकाको स्वास्थ्य शाखाको समिक्षा सम्पन्न ।
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
निर्जीवन बीमा कम्पनीको व्यापार चैतमा १८.९८% वृद्धि, ४ अर्ब ८७ करोड बीमाशुल्क संकलन
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै
नाडा अटो शो: ‘मेड इन नेपाल’ यात्री पी-टुदेखि दर्जन बढी नयाँ दुईपाङ्ग्रे सार्वजनिक हुँदै

तपाईंले छुटाउनुभयो कि?