प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ

digitalchautari digitalchautari
|
मंगलबार, कार्तिक १७, २०८३
|
|
६१४ पटक हेरिएको
Shares
प्रचण्डको आह्वान : एमालेसहित सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गरौँ

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित देशका सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
  • मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटबाट गुज्रिरहेको भन्दै वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका हुन्।
  • उनले आग्रह, पूर्वाग्रह र राजनीतिक संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनुपर्नेमा जोड दिए।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसहित देशका सबै कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले मुलुक असाधारण संकटबाट गुज्रिरहेको भन्दै वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका हुन्।

उनले आग्रह, पूर्वाग्रह र राजनीतिक संकीर्णताभन्दा माथि उठेर राष्ट्रलाई प्राथमिकतामा राख्दै एकताबद्ध हुनुपर्नेमा जोड दिए। विगतमा भएका एकता र सहकार्यका क्रममा देखिएका कमजोरी तथा उतारचढावको समीक्षा गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पुनः एकजुट हुनुपर्ने उनको भनाइ थियो।

प्रचण्डले नेकपा एमालेदेखि माओवादी तथा एमालेका विभिन्न धारमा रहेका नेता–कार्यकर्तालाई एउटै राजनीतिक धारमा जोड्ने जिम्मेवारी सबैको भएको बताए।

उनले केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’लगायत विभिन्न कम्युनिष्ट समूहलाई समेत एकतामा समेट्नुपर्ने धारणा राखे।

‘आजको देशको वस्तुगत आवश्यकता कम्युनिष्टहरूको एकता हो। देशभक्त र लोकतन्त्रवादी शक्तिहरूको एकता ऐतिहासिक आवश्यकता बनेको छ,’ प्रचण्डले भने।

उनले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था देखिएको उल्लेख गर्दै राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि सबै राजनीतिक शक्तिले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै
सुदूरपश्चिममा २२ हजार बढी प्रहरी खटाइँदै
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, यस्तो छ इक्रा नेपालको निष्कर्ष
डाइभर्सन बगाएपछि बीपी राजमार्ग खुल्न अझै समय लाग्ने
डाइभर्सन बगाएपछि बीपी राजमार्ग खुल्न अझै समय लाग्ने
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
प्रदेश खारेज गर्ने रास्वपाको निर्णय जनतामाथिको धोका : युवराज दुलाल
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
श्रमिक दिवसमा श्रम अधिकार र मानव बेचबिखनविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
थलीमा कात्तिक ९ देखि दोस्रो सांस्कृतिक तथा व्यापार महोत्सव हुने
ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड
ग्लोबल आइएमई बैंकलाई लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
बाढीको असर बैंकदेखि बीमा र जलविद्युत कम्पनीसम्म, नाफामा दबाबको जोखिम
महिला उद्यमशीलतामा नयाँ फड्को: घरेलु उद्योगमार्फत आत्मनिर्भर बन्दै ग्रामीण महिलाहरू
महिला उद्यमशीलतामा नयाँ फड्को: घरेलु उद्योगमार्फत आत्मनिर्भर बन्दै ग्रामीण महिलाहरू

तपाईंले छुटाउनुभयो कि?