snamai single page

हिमालयन लाइफका पूर्वसीईओ दाहाललाई अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, नयाँ सीईओ नियुक्तिको बाटो खुला

डिजिटल चौतारी डिजिटल चौतारी
|
शुक्रबार, मंसिर ४, २०८३
|
|
८.३K पटक हेरिएको
Shares
हिमालयन लाइफका पूर्वसीईओ दाहाललाई अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, नयाँ सीईओ नियुक्तिको बाटो खुला

सारांश

  • सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहाललाई पदमा निरन्तरता दिन माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
  • अदालतको पछिल्लो आदेशसँगै कम्पनीमा नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।
  • न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो।

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहाललाई पदमा निरन्तरता दिन माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतको पछिल्लो आदेशसँगै कम्पनीमा नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो। यससँगै दाहालले आफूलाई सीईओका रूपमा निरन्तरता दिनुपर्ने मागमा तत्कालका लागि अदालतबाट राहत पाउन सकेनन्।

गत जेठमा धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा दाहालसहित विभिन्न बीमा कम्पनीका पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित उक्त प्रकरणको अनुसन्धानका क्रममा दाहाल हिरासतमा समेत परेका थिए।

बीमा ऐन, २०७९ को व्यवस्थाअनुसार अदालतमा मुद्दा दायर भएपछि दाहाल पदबाट स्वतः निलम्बनमा परेका थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनी गत साउन २२ गते धरौटीमा रिहा भएका थिए। उनी हाल मुद्दाको तारिखमा छन्।

दाहाल धरौटीमा रिहा भए पनि उनको पदसम्बन्धी कानुनी प्रक्रिया टुंगो नलाग्दै हिमालयन लाइफले भदौ ३ गते नयाँ सीईओ नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो। कम्पनीको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर शुक्रबार संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि नियुक्ति प्रक्रिया अघि बढाउन कम्पनीलाई कानुनी बाटो खुलेको हो।

यसअघि सर्वोच्च अदालतको आदेशका कारण कवि फुँयाललाई कम्पनीमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा ल्याइएको थियो। पछिल्लो आदेशसँगै फुँयाललाई नै प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने सम्भावनासमेत खुलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
बीमा अभिकर्ता परीक्षामा नक्कली परीक्षार्थी, ४७ जनामाथि कारबाही
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुपाल्चोक–२ बाट मणिलोचन न्यौपानेको उम्मेदवारी
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी नगरपालिका -५ को १७औं वार्षिक साधारणसभा सम्पन्न
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
दोस्रो सेतिदेवी कपको सेमिफाइनल समीकरण पूरा, उपाधिका लागि चार टोलीबीच प्रतिस्पर्धा
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने
`सिन्धुको पानी सिन्धुबासीको´ लगानी भन्ने नारासहित भोटेकोसी५ जलविद्युत आयोजना सुरु,स्थानीयले दश प्रतिशत शेयर पाउने

तपाईंले छुटाउनुभयो कि?