परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा

digitalchautari digitalchautari
|
आइतबार, जेठ ३१, २०८३
|
|
१.७K पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्।
  • उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।
  • परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, द्विपक्षीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। उनले चीनका उच्च सरकारी अधिकारीहरूसँग समेत भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग नेपालमा लगानीका सम्भावना र अवसरबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच, परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले स्वागत समारोहको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
सुनसरीमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश हट्यो
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
बागमतीमा करार कर्मचारीको तलब–भत्ता व्यवस्थित गरिँदै, कार्यदल गठन गर्ने निर्णय
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव : कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
नवज्योति युवा क्लवले दशैंमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै, बिन्जेल जाँदै रचना रिमाल
नवज्योति युवा क्लवले दशैंमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै, बिन्जेल जाँदै रचना रिमाल
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
एमाले महासचिव पोखरेलद्वारा रसुवा बाढीमा शव व्यवस्थापनको सरकारी नीतिको आलोचना
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?