snamai single page

मिशाराको शतकले चम्कियो चितवन, काठमाडौंलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, मंसिर २, २०८३
|
|
४.४K पटक हेरिएको
Shares
मिशाराको शतकले चम्कियो चितवन, काठमाडौंलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा

सारांश

  • कमिल मिशाराको आक्रामक ब्याटिङ र चितवनका बलरहरूको कसिलो प्रदर्शनपछि चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा पुगेको छ।
  • बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटरमा चितवनले काठमाडौं गोर्खाजलाई ६१ रनले हराएको हो।
  • चितवनको जितका नायक बनेका मिशाराले अविजित १२० रनको शतकीय पारी खेले।

२ मंसिर, काठमाडौं । कमिल मिशाराको आक्रामक ब्याटिङ र चितवनका बलरहरूको कसिलो प्रदर्शनपछि चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा पुगेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटरमा चितवनले काठमाडौं गोर्खाजलाई ६१ रनले हराएको हो।

चितवनको जितका नायक बनेका मिशाराले अविजित १२० रनको शतकीय पारी खेले। उनको उत्कृष्ट ब्याटिङको मद्दतमा चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। जवाफमा काठमाडौंले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो।

यस जितसँगै चितवनले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। अब उसले बिहीबार दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। उक्त खेल जित्ने टोलीले शनिबार उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनीले पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराएर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

मिशाराको शतकमा चितवनको कीर्तिमानी स्कोर

टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले सुरुवातमा दुई विकेट गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्‍यो। ओपनर कमिल मिशाराले एक छेउबाट आक्रामक ब्याटिङ जारी राख्दा कप्तान रवि बोपाराले अर्को छेउबाट साथ दिए।

मिशाराले ५९ बलमा ५ चौका र १० छक्का प्रहार गर्दै अविजित १२० रन बनाए। यो उनको टी–२० करियरको तेस्रो शतक हो। बोपाराले ४२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनको योगदान दिए।

मिशारा र बोपाराबीच तेस्रो विकेटका लागि १५४ रनको साझेदारी भयो। यो चितवनको एनपीएल इतिहासकै उच्च साझेदारी हो भने प्रतियोगिताकै तेस्रो ठूलो साझेदारी हो।

काठमाडौंका कप्तान करण केसीले चौथो ओभरमा देव खनाल र डाविड मालानलाई लगातार आउट गरेपछि चितवन २२ रनमा २ विकेट गुमाउने अवस्थामा पुगेको थियो। देवले १७ रन बनाउँदा मालान खाता खोल्न नपाउँदै आउट भए।

तर मिशारा र बोपाराले त्यसपछि काठमाडौंका बलरमाथि दबाब सिर्जना गरे। १९औँ ओभरमा रासिद खानले बोपारालाई बोल्ड गरेपछि उनीहरूको साझेदारी टुंगिएको थियो। त्यसपछि विवेक यादवले ३ बलमा २ चौकासहित ८ रन जोडे।

काठमाडौंका लागि करण केसी र रासिद खानले २–२ विकेट लिए।

चितवनले यसै सिजन लिग चरणमा काठमाडौंविरुद्ध बनाएको १७० रनको आफ्नै उच्च स्कोरलाई सुधार गर्दै नयाँ कीर्तिमान बनाएको छ।

लक्ष्य पछ्याउने क्रममा काठमाडौं दबाबमा

२०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले सुरुदेखि नै विकेट जोगाउन सकेन। ओपनर साहिल पटेल दोस्रो ओभरमै २ रन बनाएर आउट भए। अर्का ओपनर साम हिजलेट पनि पाँचौँ ओभरमा ३ रनमै पभेलियन फर्किए।

विलियम बोसिस्टोले २८ बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे। उनले रासिद खानसँग तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे। तर त्यसपछि लगातार विकेट गुम्दा काठमाडौंको जित कठिन बन्दै गयो।

सहान अराचिगेले १३ बलमा २४ रन बनाए भने भीम सार्कीले १७ बलमा ३ छक्का प्रहार गर्दै अविजित ३० रन जोडे। रासिद खानले १२ रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

कप्तान करण केसी र जहानदाद खान १–१ रनमा आउट भए। सोनु देवकोटाले ६ तथा सन्तोष यादवले १० रन बनाए।

रिजन र उसामाको उत्कृष्ट बलिङ

चितवनको जितमा बलर रिजन ढकाल र उसामा मिरले महत्वपूर्ण भूमिका निर्वाह गरे। रिजनले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। उसामाले पनि ४ ओभरमा १५ रन मात्रै दिँदै ३ विकेट झारे।

त्यस्तै कुशल मल्ल र सलाउद्दिन खानले एक–एक विकेट लिए। चितवनका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदा काठमाडौंले लक्ष्यसम्म पुग्ने अवसर पाएन।

अब चितवनको नजर बिहीबार हुने दोस्रो क्वालिफायरमा हुनेछ। सुदूरपश्चिमलाई पराजित गर्न सके चितवनले फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
शेयर बजारमा ६ महिनामै ४ सय अंकको पहिरो, ७ खर्ब गुम्यो ! अब के हुन्छ?
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
जयामिरेमानेमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा, अध्यक्ष नेपालद्वारा उद्घाटन
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी यात्रा कायमै
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
महिला उद्यमशीलतामा नयाँ फड्को: घरेलु उद्योगमार्फत आत्मनिर्भर बन्दै ग्रामीण महिलाहरू
महिला उद्यमशीलतामा नयाँ फड्को: घरेलु उद्योगमार्फत आत्मनिर्भर बन्दै ग्रामीण महिलाहरू
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
कांग्रेस महाधिवेशन : असोज २२ मा मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

तपाईंले छुटाउनुभयो कि?