लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ

digitalchautari digitalchautari
|
मंगलबार, भाद्र ९, २०८३
|
|
१.५K पटक हेरिएको
Shares
लुम्बिनी सरकारका तीन मन्त्रीले लिए शपथ

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
  • बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
  • शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यको समेत उपस्थिति थियो।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यको समेत उपस्थिति थियो।
नवनियुक्त तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद हुन्। दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो। सोही सहमतिअनुसार लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।
यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई भने सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
वर्तमान सरकारमा नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेकपाबाट तीन जना र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहनेगरी भएको सत्ता साझेदारीको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
बलेफी–४ डाँडागाउँमा स्वास्थ्य शिविर सम्पन्न, ६५३ जनाले लिए सेवा
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
गल्छी–मलेखु सडकमा थुप्रिएको लेदो पन्छाइयो, अत्यावश्यक सवारीसाधन सञ्चालनमा
मेलम्चीको विकासको  नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
मेलम्चीको विकासको नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
सेयर बिक्री नियममा धितोपत्र बोर्डको फेरबदल, १५ प्रतिशत वा बढी बेच्दा ५ दिनअघि जानकारी दिनुपर्ने
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
नेपाल भलिबल लिगमा अन्नपूर्णको तेस्रो जित, खप्तडको भने लगातार चौथो हार
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति
संवाद र सहकार्य: सामाजिक सद्भाव सुदृढ बनाउन सरोकारवालाहरूको साझा निष्कर्ष
संवाद र सहकार्य: सामाजिक सद्भाव सुदृढ बनाउन सरोकारवालाहरूको साझा निष्कर्ष
बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम
बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै महिला, बालबालिका मन्त्रालय, सातै प्रदेशमा परामर्श कार्यक्रम
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही

तपाईंले छुटाउनुभयो कि?