snamai single page

जीवन बीमा कम्पनीको अभिकर्ता कमिशन खर्च १७.८५ प्रतिशतले वृद्धि, नेपाल लाइफको सबैभन्दा बढी

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, मंसिर २, २०८३
|
|
८.९K पटक हेरिएको
Shares
जीवन बीमा कम्पनीको अभिकर्ता कमिशन खर्च १७.८५ प्रतिशतले वृद्धि, नेपाल लाइफको सबैभन्दा बढी

सारांश

  • जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिशन खर्च चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य रूपमा बढेको छ।
  • समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा कुल ४ अर्ब २३ करोड २६ लाख रुपैयाँ खर्च गरेका छन्।
  • यो रकम गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँको तुलनामा १७.

काठमाडौं । जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिशन खर्च चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा कुल ४ अर्ब २३ करोड २६ लाख रुपैयाँ खर्च गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ५९ करोड १४ लाख रुपैयाँको तुलनामा १७.८५ प्रतिशत बढी हो।

नेपाल लाइफको कमिशन खर्च सबैभन्दा धेरै

अभिकर्ता कमिशन खर्चका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड ८३ लाख ५० हजार रुपैयाँ कमिशनमा खर्च गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो खर्च ९६ करोड ४ लाख ८४ हजार रुपैयाँ थियो।

त्यस्तै, नेशनल लाइफले ५७ करोड ८४ लाख ११ हजार रुपैयाँ र हिमालयन लाइफले ४० करोड ४१ लाख १६ हजार रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेका छन्। एलआईसी नेपालले ३६ करोड ७८ लाख १३ हजार रुपैयाँ र सूर्यज्योति लाइफले २८ करोड ८४ लाख ९७ हजार रुपैयाँ खर्च गरेका छन्।

यसैगरी, सिटिजन लाइफले २३ करोड २७ लाख ७८ हजार रुपैयाँ, एशियन लाइफले २२ करोड ९२ लाख ४५ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफले २१ करोड १३ लाख ३७ हजार रुपैयाँ र आईएमई लाइफले १८ करोड ५६ लाख ४० हजार रुपैयाँ कमिशनमा खर्च गरेका छन्।

मेटलाइफले १६ करोड ७० लाख ५८ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफले १६ करोड ५८ लाख २० हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १६ करोड २७ लाख २६ हजार रुपैयाँ र सन नेपाल लाइफले ११ करोड ३४ लाख ८६ हजार रुपैयाँ खर्च गरेका छन्। राष्ट्रिय जीवन बीमा कम्पनीको अभिकर्ता कमिशन खर्च भने सबैभन्दा कम ४ करोड ७३ लाख ५४ हजार रुपैयाँ रहेको छ।
आईएमई लाइफको वृद्धिदर सबैभन्दा उच्च

अभिकर्ता कमिशन खर्चको वृद्धिदरका आधारमा आईएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको यस्तो खर्च गत वर्षको तुलनामा ४१.२८ प्रतिशतले बढेको छ।

सूर्यज्योति लाइफको कमिशन खर्च ३२.०७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २८.०४ प्रतिशत, सन नेपाल लाइफको २४.२६ प्रतिशत र सानिमा रिलायन्स लाइफको २३.४७ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, मेटलाइफको २१.९७ प्रतिशत, नेशनल लाइफको २१.२१ प्रतिशत, रिलायबल नेपाल लाइफको २०.८७ प्रतिशत, एशियन लाइफको २०.४९ प्रतिशत र सिटिजन लाइफको १४.९४ प्रतिशतले कमिशन खर्च बढेको छ।

हिमालयन लाइफको अभिकर्ता कमिशन खर्च १४.७२ प्रतिशत, नेपाल लाइफको १२.२७ प्रतिशत र एलआईसी नेपालको ६.३५ प्रतिशतले वृद्धि भएको छ।

यता राष्ट्रिय जीवन बीमा कम्पनीको भने अभिकर्ता कमिशन खर्च ३.८५ प्रतिशतले घटेको छ। समग्रमा समीक्षा अवधिमा १४ जीवन बीमा कम्पनीमध्ये १३ वटाको अभिकर्ता कमिशन खर्च बढेको छ भने एउटा कम्पनीको घटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ३२ प्रतिशतले बढ्यो, साउनमै पौने २२ अर्ब संकलन
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
गोकर्णेश्वर लाइट एकेडेमीले प्राप्त गर्‍यो ISO 21001:2018 अन्तर्राष्ट्रिय प्रमाणीकरण
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
अस्पतालको गेटबाहिर महिलाले बच्चा जन्माएको घटनाबारे छानबिन गर्दै गजेन्द्रनारायण सिंह अस्पताल
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
आयोगले सोध्यो ८५ जनालाई स्पष्टीकरण, ५४ ले दिए जवाफ
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
शिक्षा नियमावलीको दशौँ संशोधन सच्याउन सामुदायिक विद्यालय व्यवस्थापन महासंघको माग
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
रास्वपाका पूर्व नगर सभापति नौपाने कांग्रेसमा प्रवेश
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
सर्वोच्चले तोकेन संसद् पुनर्स्थापना मुद्दामा पेशी
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप
मोदी–सी भेटवार्तामाथि जयराम रमेशका चार प्रश्न, चीनप्रति सरकार नरम भएको आरोप

तपाईंले छुटाउनुभयो कि?