दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र १९, २०८३
|
|
५०६ पटक हेरिएको
Shares
दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सारांश

  • दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा पहिरो जाँदा चमेलिया नदी आधा थुनिएको छ।
  • शुक्रबार गएको पहिरोका कारण नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ।
  • पहिरो जाने क्रम अझै नरोकिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्।

दार्चुला — दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा पहिरो जाँदा चमेलिया नदी आधा थुनिएको छ।

शुक्रबार गएको पहिरोका कारण नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ। पहिरो जाने क्रम अझै नरोकिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन्।

पहिरो निरन्तर खसिरहेकाले चमेलिया नदी पूर्ण रूपमा थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। नदी पूर्ण रूपमा थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै चमेलिया नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रशासनले नदीको अवस्था र पहिरोको जोखिमलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित जोखिमबाट धनजनको क्षति न्यूनीकरण गर्न तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ।

प्रशासनको आग्रह: चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
टीकापुरमा अवैध टहरा हटाउन डोजर चल्यो
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
रसुवा बाढी: १५ शाखा ध्वस्त हुँदा बैंकहरूको २ अर्ब ४३ करोड कर्जा जोखिममा
रसुवा बाढी: १५ शाखा ध्वस्त हुँदा बैंकहरूको २ अर्ब ४३ करोड कर्जा जोखिममा
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
घर कर्जा लिँदै हुनुहुन्छ? यी बैंकमा ब्याजदर यस्तो, ६० लाख कर्जाको मासिक किस्ता कति?
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
विश्वकप ‘वामअर्प’: क्यानडामाथि नेपालको सानदार जित
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
विद्यार्थी राजनीतिबाट कांग्रेसको नेतृत्व कब्जासम्मः नेविसंघका नेताहरूको यस्तो उभार
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै
कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?