सात इन्जिनियर सरकारी सेवाबाट हटाइए, यस्तो छ कारबाहीको कारण
सारांश
- पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
- मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत सात जना इन्जिनियर कारबाहीमा परेका हुन्।
- सेवाबाट हटाइएकामध्ये ६ जना लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृति नलिई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन्।
काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।
मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणीमा कार्यरत सात जना इन्जिनियर कारबाहीमा परेका हुन्।
सेवाबाट हटाइएकामध्ये ६ जना लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको र एक जना स्वीकृति नलिई बिदामा बसेको कसुरमा कारबाहीमा परेका छन्।
कार्यालयमा हाजिर नभएको कसुरमा सेवाबाट हटाइनेमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल रहेका छन्। त्यसैगरी, स्वीकृतिबिना बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले २०८३ कात्तिक २० गतेको निर्णयअनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाएको हो। यससम्बन्धी सूचना मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रतिक्रिया