एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना

digitalchautari digitalchautari
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
९२९ पटक हेरिएको
Shares
एलपी ग्यासको अभाव बढ्यो, बढी मूल्यमा बेच्ने पसललाई ३ लाख जरिवाना

सारांश

  • आपूर्ति कमजोर भएपछि काठमाडौं उपत्यकामा उपभोक्ताहरू एलपी ग्यास किन्न घण्टौँ लाइनमा बस्न बाध्य छन्।
  • भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको कृष्णभीर पहिरोका कारण ग्यास आपूर्ति झन् प्रभावित भएको हो।
  • बढी मूल्यमा बेच्ने पसललाई कारबाही काठमाडौंको मूलपानीस्थित अनिल खाद्य किराना पसललाई तोकिएको मूल्यभन्दा बढीमा ग्यास बेचेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

काठमाडौं । आपूर्ति कमजोर भएपछि काठमाडौं उपत्यकामा उपभोक्ताहरू एलपी ग्यास किन्न घण्टौँ लाइनमा बस्न बाध्य छन्। भोटेकोशीको बाढी र पृथ्वी राजमार्गको कृष्णभीर पहिरोका कारण ग्यास आपूर्ति झन् प्रभावित भएको हो।
बढी मूल्यमा बेच्ने पसललाई कारबाही
काठमाडौंको मूलपानीस्थित अनिल खाद्य किराना पसललाई तोकिएको मूल्यभन्दा बढीमा ग्यास बेचेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
अनुगमनका क्रममा पसलले सुगम ग्यासको सिलिन्डर २ हजार ६ सय रुपैयाँमा बेचेको भेटिएको विभागले जनाएको छ। कालोबजारी रोक्न बजार अनुगमन पनि तीव्र पारिएको छ।
उपभोक्ता लामो लाइनमा
धेरै ठाउँमा पर्याप्त ग्यास नहुँदा सयौँ उपभोक्ता लामो लाइनमा बसिरहेका छन्। कतिपय विक्रेताले एउटा सिलिन्डरका लागि २ हजार ६ सयदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको गुनासो आएको छ।
वैकल्पिक बाटोबाट आपूर्ति
कृष्णभीर सडक बन्द भएपछि व्यवसायीहरूले हेटौँडा, वीरगन्ज, नवलपरासी र धनुषालगायतका वैकल्पिक बाटो हुँदै ग्यास ल्याइरहेका छन्। लामो दूरीका कारण ढुवानी खर्च बढेको व्यवसायीहरूले बताएका छन्।
नेपाल एलपी ग्यास उद्योग संघले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा १०५ रुपैयाँ ३८ पैसा थप गर्न सुझाव दिएको छ।
मागभन्दा आपूर्ति कम
नेपाल आयल निगमका अनुसार उपत्यकामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर आवश्यक पर्छ। अहिले भने करिब ३० हजार सिलिन्डर मात्र भित्रि रहेको छ।
आपूर्ति नियमित नभएसम्म अभाव, लामो लाइन र मूल्य बढ्ने समस्या कायमै रहने देखिन्छ। सरकारले वैकल्पिक बाटोबाट आपूर्ति बढाउने र बजार अनुगमन जारी राख्ने जनाएको छ.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
पूर्वगृहराज्यमन्त्री विष्णुविक्रम थापाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
राप्रपा बागमतीमा सांसद पदमुक्त प्रकरणले चर्कियो विवाद, सभामुखलाई निर्णय मान्यता नदिन आग्रह
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न
सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने
रसुवा बाढीपीडितलाई मेलम्चीको साथः जनप्रतिनिधि र कर्मचारीले तीन दिनको तलब सहयोग गर्ने
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
लिग–२ खेल्न ओमान जाँदै नेपाली टोली, क्यान अध्यक्ष चन्दले दिए शुभकामना
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
जनकपुरका सात पोखरीको डिलबाट ६५ भन्दा बढी संरचना हटाइयो
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने
जेठ ६ मा सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा, बोनससहित लाभांश पारित गर्ने

तपाईंले छुटाउनुभयो कि?