snamai single page

पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, मंसिर २, २०८३
|
|
११.३K पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

सारांश

  • नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।
  • यसका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको अवस्था छ।

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको अवस्था छ।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ। कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

यस्तै, आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

बिहीबार दिउँसो पनि कोशी र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड: एरिकाको ऐतिहासिक ‘ह्याट्रिक’, पुरुषतर्फ चन्द्र सर्वोत्कृष्ट
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
अरुणिमाका एस.ई.ई. ग्रेजुयट्स विद्यार्थीहरू सम्मानित
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
वाणिज्य बैंकको निक्षेप दुई महिनामा ६७ अर्बले बढ्यो
इन्द्रावतीको जनसुधार विद्यालयमा भाद्र २४ गते ‘निःशुल्क बृहत् आँखा शिविर’ हुने
इन्द्रावतीको जनसुधार विद्यालयमा भाद्र २४ गते ‘निःशुल्क बृहत् आँखा शिविर’ हुने
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
ग्यास लिन दिनभर लाइन, पालो आउँदा पनि रित्तै फर्किनुपर्ने बाध्यता
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
कांग्रेसभित्र शक्ति संघर्ष चर्कियो, समानान्तर गतिविधि तीव्र
जलविरेमा आयोजित  स्वास्थ्य शिविरमा  ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
जलविरेमा आयोजित स्वास्थ्य शिविरमा ७६० ले लिए सेवा , जनशक्ति उत्पादनमा प्रदेशले जोड दिएको मन्त्री थापा मगरको भनाई
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी
बीमामा नयाँ नियम लागू हुँदै, राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

तपाईंले छुटाउनुभयो कि?