snamai single page

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

डिजिटल चौतारी डिजिटल चौतारी
|
बुधबार, मंसिर २, २०८३
|
|
६.६K पटक हेरिएको
Shares
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

सारांश

  • पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
  • श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन्।
  • उनले आफ्नो जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

श्रेष्ठले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेकी हुन्।

उनले आफ्नो जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

हाल कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेकी श्रेष्ठले स्वतन्त्र रूपमा उम्मेदवारी दिने वा कुनै दलको तर्फबाट चुनाव लड्ने भन्ने विषय भने खुलाएकी छैनन्।

श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध थिइन्। उनले गत वर्ष भदौमा पार्टी परित्याग गरेकी थिइन्। पार्टीमा रहँदा उनी सहमहामन्त्रीको जिम्मेवारीमा समेत थिइन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेकी थिइन्। सांसद भएपछि दोहोरो जिम्मेवारीमा नरहने भन्दै उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।

पछि भदौ २४ गतेको घटनापछि उनले रास्वपा छाडेको घोषणा गरेकी थिइन्। पार्टीगत आबद्धताबाट अलग रहेकी श्रेष्ठको मेयरमा उम्मेदवारी दिने घोषणासँगै काठमाडौं महानगरको आगामी निर्वाचन थप चासोको विषय बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
मेलम्ची–५ मा अकबरे खुर्सानी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि प्रयोग
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
बैंकिङ क्षेत्रमा चुलियो खराब कर्जाको जोखिम कुन बैंकको अवस्था कस्तो छ?
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
नयाँ प्रणाली कार्यान्वयनपछि नेप्से घट्यो, लगानीकर्तामा अन्योलता
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
रुकुम पश्चिममा चार लाखले लिए स्वास्थ्य सेवा
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
प्रधानमन्त्रीलाई हर्कको व्यङ्ग्य – आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
भवन निर्माणमा ‘व्यावसायिक दायित्व’ र ‘निर्माण जोखिम’ बीमा अनिवार्य गरिँदै
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र एक स्वास्थ्य क्लिनिक सिल, सिन्धुपाल्चोकमा अनुगमन तीव्र
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
ओलीको पत्रकारलाई आग्रह : ‘प्रश्न सोध्नुअघि अनुमति लिनुस्, मुखमा माइक नघोच्नुस्’
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही

तपाईंले छुटाउनुभयो कि?