गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २१, २०८३
|
|
१K पटक हेरिएको
Shares
गगन–शेखर भेटवार्ता : कांग्रेस एकढिक्का बनाउन दुवै नेता सहमत

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा.
  • शेखर कोइरालाबीच आइतबार दिउँसो भेटवार्ता भएको छ।
  • भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको हो।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार दिउँसो भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको हो।

कोइरालाको सचिवालयका अनुसार भेटमा उनले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताएका थिए। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको कोइरालाले बताएका छन्।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए। पार्टीलाई एकताबद्ध बनाउन आफू निरन्तर लागिपरेको उनको भनाइ थियो।

भेटमा भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा उत्पन्न विपत्तिबारे समेत छलफल भएको थियो।

यसअघि सभापति थापाले शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। कांग्रेसभित्रको विवाद समाधान गर्ने विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको नेताहरूले बताएका छन्।

पार्टीभित्रको विवाद समाधान र एकता कायम गर्ने प्रयासस्वरूप कांग्रेसका शीर्ष नेताबीचको भेटवार्ता बाक्लिँदै गएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सभापतिमा देव कोइरालाको उम्मेदवारी, संगठन सुदृढीकरणदेखि प्रविधिमैत्री कांग्रेससम्मका एजेन्डा
प्रदेश सभापतिमा देव कोइरालाको उम्मेदवारी, संगठन सुदृढीकरणदेखि प्रविधिमैत्री कांग्रेससम्मका एजेन्डा
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
जीवन बीमा कम्पनीहरूको व्यापारमा उत्साह: २ महिनामै सङ्कलन भयो साढे ४० अर्ब, कसको कमाइ कति?
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
भारतको टेस्ट टिमबाट खेलिसकेका विकेटकिपर ब्याटर एनपिएल खेल्न नेपाल आउने
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
खस–आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा रुपक धितालको उम्मेदवारी
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
सरकारद्वारा सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त
गृहमन्त्री सुधन गुरुङ  रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
गृहमन्त्री सुधन गुरुङ रास्वपा सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
अनियमितताको समाचार भ्रामक भएको इन्द्रावती गाउँपालिकाको दाबी, बेरुजु ०.४६ प्रतिशत मात्रै
अनियमितताको समाचार भ्रामक भएको इन्द्रावती गाउँपालिकाको दाबी, बेरुजु ०.४६ प्रतिशत मात्रै
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
डिजिटल साक्षरतामा महिला: अनलाइन बजार र सूचना प्रविधिको प्रयोग बढ्दै
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा
सानिमा रिलायन्सको सीमित भुक्तानी सावधिक जीवन बीमा योजना ग्राहकको रोजाइमा

तपाईंले छुटाउनुभयो कि?