काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने

digitalchautari digitalchautari
|
आइतबार, भाद्र २८, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
काठमाडौं प्रशासनले कार्यालय परिसरबाट ग्यास बिक्री रोक्यो, डिलरबाट भने नियमित पाइने

सारांश

  • खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरबाट हुँदै आएको ग्यासको प्रत्यक्ष बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
  • नेपाल आयल निगमसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास विक्रेतामार्फत ग्यास ल्याएर प्रत्यक्ष बिक्री गर्दै आएको थियो।
  • सार्वजनिक बिदाका दिन विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै ग्यास बिक्रीको व्यवस्था गरिएको थियो।

काठमाडौं । खाना पकाउने ग्यासको अभावका कारण समस्यामा परेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरबाट हुँदै आएको ग्यासको प्रत्यक्ष बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।

नेपाल आयल निगमसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले विगत तीन दिनदेखि कार्यालय परिसरमै ग्यास विक्रेतामार्फत ग्यास ल्याएर प्रत्यक्ष बिक्री गर्दै आएको थियो।

सार्वजनिक बिदाका दिन विशेषगरी डेरामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिला र साना बालबालिका भएका महिलालाई प्राथमिकता दिँदै ग्यास बिक्रीको व्यवस्था गरिएको थियो।

तर, भदौ २९ गते सोमबारदेखि कार्यालयको नियमित कामसँगै रसुवा बाढीपीडितका लागि राहत व्यवस्थापन तथा बाढीमा मृत्यु भएका तर पहिचान हुन नसकेका शवको व्यवस्थापनमा समेत कार्यालय केन्द्रित हुनुपर्ने भएकाले कार्यालय परिसरबाट ग्यास बिक्री स्थगित गरिएको प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले जानकारी दिए।

कार्यालयका अनुसार ग्यासको बिक्री वितरण भने पूर्णरूपमा बन्द गरिएको होइन। सम्बन्धित ग्यास विक्रेता, डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यासको बिक्री वितरण नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।

त्यसैले उपभोक्ताले अब कार्यालय परिसरमा नभई सम्बन्धित ग्यास डिलर तथा खुद्रा विक्रेतामार्फत ग्यास खरिद गर्नुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
बाढीपीडितको उद्धार र पुनःस्थापनामा महालक्ष्मी विकास बैंकको ५१ लाख सहयोग
रवि लामिछानेलाई सांसदको कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
रवि लामिछानेलाई सांसदको कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
रवि लामिछानेको चीन भ्रमण स्थगित, अर्थमन्त्री वाग्ले भारत जाने तयारीमा
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले गठन गर्‍यो कार्यदल
युवा पुस्ता र नैतिक शिक्षा: कुलतविरुद्ध सचेतना र सकारात्मक जीवनशैली
युवा पुस्ता र नैतिक शिक्षा: कुलतविरुद्ध सचेतना र सकारात्मक जीवनशैली
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
निजामती कर्मचारीलाई स्वास्थ्यदेखि सन्तानको शिक्षासम्म बीमा सुविधा प्रस्ताव
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
विद्यार्थीको सांगीतिक प्रतिभा खोज्दै लिबर्टी भोकल म्यानिया, मिङ्मा प्रथम
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा

तपाईंले छुटाउनुभयो कि?