रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने

digitalchautari digitalchautari
|
आइतबार, जेठ ३१, २०८३
|
|
१.२K पटक हेरिएको
Shares
रास्वपा लुम्बिनी अधिवेशनमा सभापति चयनका लागि पुनः मतदान हुने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।
  • मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
  • पहिलो चरणको मतदानमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरेका छन् भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका छन्।

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ।

मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार सभापति पदका लागि ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको मतदानमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरेका छन् भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याएका छन्। अन्य उम्मेदवारमध्ये गणेश पौडेलले ८४, डा। राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका छन्।

कुनै उम्मेदवारले आवश्यक बहुमत हासिल गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गर्ने शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदान गरिने निर्वाचन समितिले जनाएको छ।

हिजो राति सम्पन्न मतदानमा कुल ५५२ मत खसेको थियो। नेतृत्व चयनको प्रतिस्पर्धामा रहेका शालिकराम घिमिरे सभापति रवि लामिछाने निकट पक्षका उम्मेदवार मानिन्छन् भने गोपाल घिमिरेलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह निकट पक्षका उम्मेदवारका रूपमा हेरिएको छ।

पहिलो चरणको मत परिणामले शालिकराम घिमिरेलाई अग्रस्थानमा राखेको भए पनि अन्तिम नेतृत्व चयनका लागि अब हुने दोस्रो चरणको मतदान निर्णायक हुने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
बाढीपीडितको राहतका लागि क्यानले ३० लाख सहयोग गर्ने
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
जलविद्युतमा माछापुच्छ्रेको २८ अर्ब लगानी प्रतिबद्धता, १५ अर्ब कर्जा बक्यौता
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्हरूले रामचन्द्र पौडेललाई सुझाव दिएका छन्।
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि बैंकद्वारा सहयोग
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा इन्द्रावती गाउँपालिकामा राष्ट्रिय शोक दिवस
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
रसुवा बाढी प्रभावितलाई बीमा दाबी भुक्तानीमा ठूलो राहत, ५ लाखसम्मको दाबीमा सर्भेयर नचाहिने
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
सानिमा रिलायन्स लाईफलाई कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६ अवार्ड
कांग्रेसको विशेष महाधिवेशन विवादमा सर्वोच्चको नयाँ मोड
कांग्रेसको विशेष महाधिवेशन विवादमा सर्वोच्चको नयाँ मोड
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
लुम्बिनी विकास बैंकको नाफा २५२.९६ प्रतिशतले बढ्यो, खुद नाफा ८५ करोड १० लाख रुपैयाँ
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो
निर्जीवन बीमकको दाबी भुक्तानी २१ प्रतिशतले बढ्यो

तपाईंले छुटाउनुभयो कि?