snamai single page

चौदण्डीगढी नगरपालिकाद्वारा चार वर्षको विकास प्रगति सार्वजनिक

डिजिटल चौतारी डिजिटल चौतारी
|
सोमबार, मंसिर ७, २०८३
|
|
७K पटक हेरिएको
Shares
चौदण्डीगढी नगरपालिकाद्वारा चार वर्षको विकास प्रगति सार्वजनिक

सारांश

  • उदयपुरको चौदण्डीगढी नगरपालिकाले २०७९ सालमा निर्वाचित जनप्रतिनिधिले नेतृत्व सम्हालेयता चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।
  • सोमबार पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले सडक, विद्युत्, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा भएका कामको विवरण सार्वजनिक गरेको हो ।
  • नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद नागरिकका आवश्यकता सम्बोधन गर्ने उद्देश्यले पूर्वाधार विकासदेखि सामाजिक क्षेत्रसम्म विभिन्न कार्यक्रम सञ्चालन तथा सम्पन्न गरेको जनाएको छ ।

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले २०७९ सालमा निर्वाचित जनप्रतिनिधिले नेतृत्व सम्हालेयता चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले सडक, विद्युत्, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा भएका कामको विवरण सार्वजनिक गरेको हो ।

नगरपालिकाले सीमित स्रोतसाधनका बाबजुद नागरिकका आवश्यकता सम्बोधन गर्ने उद्देश्यले पूर्वाधार विकासदेखि सामाजिक क्षेत्रसम्म विभिन्न कार्यक्रम सञ्चालन तथा सम्पन्न गरेको जनाएको छ ।

सार्वजनिक प्रगति विवरणअनुसार पूर्वाधार विकासतर्फ १९ हजार ६१५ मिटर सडक कालोपत्रे, ६२९ मिटर सडक ढलान र १ लाख ६७ हजार ५४९ मिटर सडक ग्राभेल गरिएको छ । यस अवधिमा नयाँ सडक ट्र्याक निर्माण, सडक मर्मत, ढल तथा नाली निर्माण, कल्भर्ट र पुल निर्माण, स्वास्थ्य संस्था तथा विद्यालय भवन निर्माण र कभर्ड हल निर्माणका कामसमेत गरिएको नगरपालिकाले जनाएको छ ।

विद्युत् तथा उज्यालो विस्तार कार्यक्रमअन्तर्गत ४६५ वटा विद्युत् पोल, १० वटा ट्रान्सफर्मर, २५ वटा हाइमास्ट लाइट र ६८० वटा सडक बत्ती जडान गरिएको विवरणमा उल्लेख छ । कृषि उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सिँचाइ योजनासमेत सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी पर्यटन प्रवर्द्धन, महिला तथा बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार संरक्षण, सामाजिक सुरक्षा, अपाङ्गता परिचयपत्र वितरण तथा सहायक सामग्री उपलब्ध गराउने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।

उद्यम विकास र स्वरोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खेलकुद, बजार व्यवस्थापन, कृषि तथा पशुपालन, सुरक्षित आप्रवासन र रोजगार सेवा केन्द्र सञ्चालनलगायतका क्षेत्रमा समेत काम गरिएको नगरपालिकाको प्रगति विवरणमा उल्लेख छ ।

न्यायिक समितिमार्फत स्थानीय विवाद समाधानमा पनि उल्लेख्य काम भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख कालुमान लामाका अनुसार न्यायिक शाखामा हालसम्म १२० वटा मुद्दा दर्ता भएकामा ८९ वटा फर्छ्योट भएका छन् भने ३१ वटा मुद्दा प्रक्रियामा रहेका छन् ।

नगरपालिकाले स्थानीय तहमै मालपोत तथा नापीसम्बन्धी सेवा सुरु गर्नुलाई अर्को महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । वर्षौंदेखि भोगचलन गर्दै आएका ऐलानी तथा पर्ती जग्गाको नापजाँच गरी भोगाधिकार प्रमाणपत्र वितरण प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार हालसम्म ५ हजार २०९ जनाको भोगाधिकार प्रमाणपत्र तयार भएको छ भने ३४३ जनालाई वितरण गरिसकिएको छ । बाँकी प्रमाणपत्र वितरण प्रक्रिया सोमबारदेखि वडा नं. ३ बाट सुरु गरिएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख लामाले सीमित स्रोतसाधनका बीच नागरिकका अपेक्षा पूरा गर्न आफ्नो नेतृत्वको टोली निरन्तर प्रयासरत रहेको बताए । उनले चार वर्षको अवधिमा भएका काम पारदर्शी रूपमा जनतासामु प्रस्तुत गर्ने उद्देश्यले प्रगति विवरण सार्वजनिक गरिएको बताए ।

बाँकी एक वर्षमा सम्पन्न हुने कामको विवरणसमेत प्रगति पुस्तकमा थप गरी कार्यकाल समाप्त भएपछि पुनः सार्वजनिक गर्ने नगरप्रमुख लामाले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत रोशनीदेवी कार्की, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
सुकुटे, साँगाचोकलगायत क्षेत्रमा मासु पसल तथा बधशालाको अनुगमन
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
सामाजिक सञ्जालमा बीमाको जथाभावी प्रचार गर्ने अभिकर्तामाथि अंकुश
वाणिज्य बैंकको निक्षेप ब्याजदर ४ प्रतिशतभन्दा तल, मंसिरमा ६ बैंकले घटाए
वाणिज्य बैंकको निक्षेप ब्याजदर ४ प्रतिशतभन्दा तल, मंसिरमा ६ बैंकले घटाए
मानवभन्दा शक्तिशाली बन्दैछ एआई ? प्रविधि कम्पनीहरू नै किन भए चिन्तित
मानवभन्दा शक्तिशाली बन्दैछ एआई ? प्रविधि कम्पनीहरू नै किन भए चिन्तित
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
जीवन बीमा कम्पनीहरूले एकै वर्ष बाँडे सवा ८६ अर्ब दाबी भुक्तानी, कुन कम्पनीको कति?
तिहार लक्षित मिठाई पसलमा कडा निगरानी, नियम उल्लंघन गर्नेलाई लाइसेन्स खारेजीसम्मको चेतावन
तिहार लक्षित मिठाई पसलमा कडा निगरानी, नियम उल्लंघन गर्नेलाई लाइसेन्स खारेजीसम्मको चेतावन
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’

तपाईंले छुटाउनुभयो कि?