हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
८१६ पटक हेरिएको
Shares
हाट सिंजामा नेपाल टेलिकमको फोर–जी सेवा सुरु

सारांश

  • नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिंजामा नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनमा ल्याएको छ ।
  • कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी आजदेखि फोर–जी सेवा सुरु गरिएको हो ।
  • नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ ।

काठमाडौँ । नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिंजामा नेपाल टेलिकमले फोर–जी सेवा सञ्चालनमा ल्याएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा नयाँ टावर स्थापना गरी आजदेखि फोर–जी सेवा सुरु गरिएको हो ।

नेपाल टेलिकम जुम्ला कार्यालयका प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर–जी सेवा उपलब्ध हुनेछ ।

टावरबाट गौरी, ओखरवाडा, हाट सिंजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायत क्षेत्रमा सञ्चार सेवा पुग्नेछ ।

टावर सञ्चालनका लागि हाल सोलार ब्याट्री प्रयोग गरिएको छ । टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय भए पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् नपुगेका कारण सेवा सञ्चालनमा ढिलाइ भएको कार्यालय प्रमुख पुजाराले बताए ।

राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान हुन नसकेपछि तत्कालका लागि सोलार प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।

सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ । सोही योजनाअनुसार बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा पनि यसै हप्ताभित्र फोर–जी सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सगरमाथा आधार शिविर क्षेत्रमा फोर–जी सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ ।

यसअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइमा फोर–जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा पनि फोर–जी सेवा विस्तार भइसकेको छ ।

देशका अन्य दुर्गम तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा समेत सेवा विस्तार गर्ने सरकारको योजना छ । डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यले दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको हो ।

हाल देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै रु. ६ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
जीवन बीमामा बढ्यो सिंगल प्रिमियमको दबदबा, १९ अर्ब नाघ्यो संकलन
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
तरकारीदेखि इन्धनसम्म मूल्यवृद्धिको चाप: चैतमा उपभोक्ता महँगीको मारमा
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
राष्ट्र बैंकको ‘सर्त’ पूरा गर्न मुक्तिनाथ विकास बैंकको जोखिमपूर्ण दाउ: ६१% खराब कर्जा भएको जानकीसहित दुई संस्था गाभ्दै
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा रसुवाका बाढीपहिरो प्रभावितलाई ३३ लाखभन्दा बढी सहयोग
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
भोटेकोसी बाढीपछि औषधि छुटेका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
नेपाली डिजिटल उद्यमीहरूले अब सोझै खल्ती वालेटमा अन्तर्राष्ट्रिय भुक्तानी पाउन सक्ने
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग
अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति, संसदीय छानबिनको माग

तपाईंले छुटाउनुभयो कि?