snamai single page

सिन्धुपाल्चोकका किसानले दिए सांसद, मेयर र वडाध्यक्षलाई गोलभेंडा उपहार

डिजिटल चौतारी डिजिटल चौतारी
|
आइतबार, मंसिर ६, २०८३
|
|
६.९K पटक हेरिएको
Shares
सिन्धुपाल्चोकका किसानले दिए सांसद, मेयर र वडाध्यक्षलाई गोलभेंडा उपहार

सारांश

  • सिन्धुपाल्चोकमा मन्दिर उद्घाटन गर्न पुगेका जनप्रतिनिधिलाई स्थानीयले गोलभेंडाको भारी उपहार दिएका छन् ।
  • आइतबार (मंसिर ०६ गते) सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका-१४ डडुवा झुलेटारस्थित पुन:निर्माण गरिएको गोल्मादेवी मन्दिर उद्घाटन गर्न पुगेकी बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ का वडाध्यक्ष लगायतका अतिथिलाई स्थानीयले गोलभेंडाले भरिएको क्रेट नै उपहार दिएका हुन् ।
  • आफ्नो पाँचवर्षे कार्यकालमा यस किसिमको उपहार पहिलोपटक पाएको भन्दै सांसद श्रेष्ठले आयोजकहरुप्रति आफ्नै बारीको उत्पादन उपहारस्वरुप दिएकोमा धन्यवाद दिइन्।

सिन्धुपाल्चोकमा मन्दिर उद्घाटन गर्न पुगेका जनप्रतिनिधिलाई स्थानीयले गोलभेंडाको भारी उपहार दिएका छन् ।
आइतबार (मंसिर ०६ गते) सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका-१४ डडुवा झुलेटारस्थित पुन:निर्माण गरिएको गोल्मादेवी मन्दिर उद्घाटन गर्न पुगेकी बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ का वडाध्यक्ष लगायतका अतिथिलाई स्थानीयले गोलभेंडाले भरिएको क्रेट नै उपहार दिएका हुन् । आफ्नो पाँचवर्षे कार्यकालमा यस किसिमको उपहार पहिलोपटक पाएको भन्दै सांसद श्रेष्ठले आयोजकहरुप्रति आफ्नै बारीको उत्पादन उपहारस्वरुप दिएकोमा धन्यवाद दिइन्।
स्थानीय उत्पादनकाे बजारीकरण तथा प्रवर्द्धनका लागि कृषकहरुले सुरु गरेको यस किसिमको रचनात्मक रणनीतिप्रति नगरप्रमुख सापकोटाले खुसी व्यक्त गरे ।
सो क्षेत्र गोलभेंडा उत्पादनमा जिल्लामै अग्रस्थानमा रहेको छ। जहाँबाट हाल दैनिक ६ हजार केजी भन्दा धेरै गोलभेंडा बिक्रीका लागि काठमाडौं वरपरका बजारमा पुर्याइने गरेको स्थानीय कृषकहरूको भनाइ छ।
यद्यपि उत्पादनअनुसार मूल्य नपाउँदा कृषकहरु मर्कामा परेका छन् । कृषकहरुका अनुसार हाल प्रतिक्रेट (२५केजी) गोलभेंडा सरदर २०० रुपैयाँमा बेच्न पनि मुस्किल पर्ने गरेको छ।
पर्याप्त सिँचाइ सुविधा नभएपनि यहाँ कृषकहरुले खेतबारीमा मुख्यतः गोलभेंडा, काउली, बन्दाकोपीको व्यवसायिक खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
१ महिनामै ५ अर्ब ३२ करोडको बीमा व्यापार: कुन कम्पनीले कति कमाए? [सूचीसहित]
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
बागमती सरकार सञ्चालनमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
राप्रपाका चार सांसद पदमुक्त नहुने, उपसभामुखले रोकिदिइन् कारबाही
रसुवा बाढीपीडितका लागि UYN मेलम्ची–९ द्वारा ४६ हजारभन्दा बढी राहत रकम जम्मा
रसुवा बाढीपीडितका लागि UYN मेलम्ची–९ द्वारा ४६ हजारभन्दा बढी राहत रकम जम्मा
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रबिन सिजापति नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
कोशीमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त
३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन
३७ वर्ष शिक्षण सेवापछि बद्रीप्रसाद नेपालको भव्य विदाइ, विद्यालयमा कम्प्युटर ल्याब उद्घाटन
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
रवि लामिछाने : युवा नेतृत्वले मात्रै देशको सपना पूरा हुँदैन, परिणाम दिनुपर्छ
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली
‘अण्डा र चल्लामा कर लगाएर समृद्धि आउँदैन’: गणेश पराजुली

तपाईंले छुटाउनुभयो कि?