रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’

digitalchautari digitalchautari
|
आइतबार, भाद्र ७, २०८३
|
|
१.३K पटक हेरिएको
Shares
रवि लामिछानेले भने– ‘किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेँ’

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई २१ सिटे दलको नेताका रूपमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको बताएका छन्।
  • आइतबार नीति, संगठन र नेतृत्व कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधानमन्त्री बन्नका लागि आफ्नो मात्रै हस्ताक्षर आवश्यक पर्ने गरी प्रस्ताव आएको दाबी गरे।
  • ‘मलाई २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई २१ सिटे दलको नेताका रूपमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरेको बताएका छन्।
आइतबार नीति, संगठन र नेतृत्व कार्यक्रमअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले प्रधानमन्त्री बन्नका लागि आफ्नो मात्रै हस्ताक्षर आवश्यक पर्ने गरी प्रस्ताव आएको दाबी गरे।
‘मलाई २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो। भइदिउँ न त भन्दा गाह्रो पनि थिएन,’ उनले भने, ‘म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ।’
लामिछानेले आफूले त्यागीको उपाधि पाउने लोभमा उक्त निर्णय नगरेको स्पष्ट पारे। उनले राजनीतिक आन्दोलन र त्यसप्रतिको प्रतिबद्धता देखाउन आफूले प्रधानमन्त्री पद अस्वीकार गरेको बताए।
‘मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराउन खोजेको हो। किनकि यो आन्दोलनले, यो मोमेन्टले कुरिरहेको थियो,’ उनले भने।
उनले रास्वपाको राजनीतिक यात्रा र आन्दोलनलाई सफल बनाउन नीति, संगठन र नेतृत्वप्रति दृढ प्रतिबद्धता आवश्यक रहेको समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
कांग्रेस अनुशासन समितिको चेतावनी : विधानविपरीत गतिविधि गर्नेलाई कारबाही
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्जिनियरदेखि उद्योगमन्त्रीसम्म दीपक साहको यात्रा, अब ग्यास आपूर्तिको ‘अग्निपरीक्षा’
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
इन्द्रावती–५ मा ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिँदै
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
कांग्रेसले गर्यो महाधिवेशन कार्यतालिका हेरफेर, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
कम्युनिष्ट आन्दोलन ७७ वर्षमा: आत्मसमीक्षा गर्दै पुनर्गठनको तयारी
कम्युनिष्ट आन्दोलन ७७ वर्षमा: आत्मसमीक्षा गर्दै पुनर्गठनको तयारी
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
बीमा अभिकर्ताको आचारसंहिता कडा बन्दैः ‘डिस्काउन्ट’ देखाएर पोलिसी बेच्नेदेखि फर्जी रिपोर्टसम्म निषेध
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको ठूलो छलांग: लगानी ५ खर्ब नाघ्यो, १२ बैंकको २० अर्ब बढी
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
महालक्ष्मी विकास बैंकले घोषणा गर्‍यो ७.४८ प्रतिशत लाभांश
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधारिने

तपाईंले छुटाउनुभयो कि?