दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

डिजिटल चौतारी डिजिटल चौतारी
|
बिहिबार, माघ २९, २०८२
|
|
५५० पटक हेरिएको
Shares
दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

सारांश

  • यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ।
  • चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो।
  • खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

दैलेख। यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदनअनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार चिनियाँ टोलीको विस्तृत अध्ययन पछि यो तथ्याङ्क सार्वजनिक गरिएको हो। यसअघि गरिएको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो। थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमानभन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उनले बताए।

भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’पछि मात्र प्राप्त हुने विभागले जनाएको छ। प्रवक्ता खड्काले भने, ‘अहिले हामीले भण्डारणको आकार मात्र पत्ता लगाएका हौँ। वेल टेस्टिङ नगरी कति ग्यास बाहिर निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्नेबारे परीक्षण नगरेसम्म अन्तिम टुङ्गो लाग्दैन।’

उgका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको स्थानमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ। त्यसपछि निस्कने ग्यासमा भएका तत्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उनले जानकारी दिए।

नेपाल सरकार र चीनको जियोलोजिकल सर्वेबीच रु दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। सोहीअनुसार चिनियाँ टोलीलेः सेस्मिक सर्वे, जियोलोजिकल सर्वे, म्याग्नेटोटेल्युरिक सर्वे र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिए।

उनका अनुसार हाल प्राप्त अन्तिम प्रतिवेदन माथि विभागले थप अध्ययन गरिरहेको छ भने बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको छ। विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ। यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसलाई निकाल्न निकै कठिन हुन्छ।

व्यावसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने चुनौती छ। दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको थियो। फागुन २१ हुन लागेको निर्वाचनमा पनि दैलेखका राजनीतिक दलले यो ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन्। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क
साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छ : शिक्षामन्त्री पोखरेल
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
माथिल्लो मैलुङ खोला जलविद्युतले घाटा सुधार्दै कमायो ११ करोड नाफा
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
उद्योग–व्यवसाय प्रवर्द्धनका लागि प्रधानमन्त्री शाहको निजी क्षेत्रसँग उच्चस्तरीय छलफल
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
निर्जीवन बीमा कम्पनीको लगानी ६५ अर्ब ६१ करोड, मुद्दति निक्षेपमा मात्रै ४४ अर्ब
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
बैंकको कर्जा लगानी ६० खर्बमाथि, कृषि र लघुवित्त क्षेत्रको ऋण घट्यो
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
नीतिगत सुधारबीच नेप्सेमा गिरावट, कारोबार रकम ६ अर्ब २८ करोड
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प
रिभोल्टले ल्यायो नयाँ आरभीएक्स, नेपाली बजारमा विद्युतीय बाइकको नयाँ विकल्प

तपाईंले छुटाउनुभयो कि?