सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

digitalchautari digitalchautari
|
सोमबार, आश्विन १२, २०८३
|
|
१.९K पटक हेरिएको
Shares
सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

सारांश

  • सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
  • सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
  • सभाले २०८३ असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले २०८३ असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। त्यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको बैंकले जनाएको छ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट महेश घिमिरे र तेजबहादुर चन्द लाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी, बैंकको कुल निक्षेप २४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
डिजिटल चौतारी
डिजिटल चौतारी
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
बाढी प्रभावितको बीमा दाबी भुक्तानी द्रुत बनाउन अर्थमन्त्रीको कडा निर्देशन
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
इलेक्ट्रिक पिकअप एमजी यु ९ ईभी सार्वजनिक गर्दै प्यारामाउन्ट मोटर्स
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चाप, दैनिक ७० सवारीसाधन जाँचपास
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
म्याग्दीमा एक वर्षमा ४.१९ किलोमिटर पदमार्ग निर्माण
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
बीमा सचेतना विस्तार गर्न कोशीका पत्रकारसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न
महिला नेतृत्व र सशक्तीकरण: स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका
महिला नेतृत्व र सशक्तीकरण: स्थानीय तहमा महिला जनप्रतिनिधिहरूको सक्रिय भूमिका
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
रसुवा बाढीपीडितका लागि नवजागरण युवा समूहको २ लाख ५० हजार सहयोग
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
कांग्रेस एकताका लागि पूर्णबहादुर खड्काका चार शर्त, ‘निर्णय गगन–विश्वकै हातमा’
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
रिलायबल नेपाल लाइफको शेयर स्वामित्वमा परिवर्तन, संस्थापक ५१ प्रतिशतमा झर्‍यो
उपत्यकामा भोलिदेखि एलपी ग्यासको मूल्य घट्दै, पुरानै दरमा पाइने
उपत्यकामा भोलिदेखि एलपी ग्यासको मूल्य घट्दै, पुरानै दरमा पाइने

तपाईंले छुटाउनुभयो कि?